श्रीमतीको लागि चलचित्रका निर्माता बने ऋषि धमला



१९ भदौ २०७५, काठमाडौँ

नेपालका निकै चर्चित पत्रकार ऋषि धमला चिन्नको लागि अपरिचित नाम होइन । उनी यतिधेरै चर्चित र रमाईला व्यक्ति हुन् कि उनीसँग भेट्न जो कोहिको पनि सपना रहेको हुन्छ । उनको बोल्ने शैलीको नक्कल त झन् बुढादेखि बच्चासम्म सबैले गर्ने गर्छन् ।

यिनै ऋषि धमला अब एउटा पत्रकार मात्र नभएर निर्माता पनि बनिसकेका छन् । यहि आउँदो असोज १२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र अनुराग मा उनले पहलो पल्ट लगानी गरेका छन् । चलचित्र अनुरागमा उनले आफ्नै श्रीमती एलिजा गौतमलाई डेब्यु गराएका छन् ।  ऋषि धमला पहिले आफूलाई चलचित्रमा कुनै पनि चासो नभएको तर आफ्नी श्रीमतीको अभिनयमा अत्यन्तै रुचि भएका कारण चलचित्र निर्माणमा जुटेको बताउँछन् । उनकी श्रीमती एलिजालाई पहिले बाट नै चलचित्रमा अभिनय गर्न एकदमै रुचि थियो । त्यसैकारण आफ्नी श्रीमतीको सपना पुरा गर्नको लागि निर्माता बनेको उनले बताए । त्यतिमात्र नभएर ऋषिले अनुरागलाई दर्शकले मन पराएमा अन्य चलचित्रमा पनि लगानी गर्ने बताएका छन् ।

ऋषिकी श्रीमती एलिजा आफूलाई फिल्म क्षेत्रमा आउनको लागि ऋषिले नै प्रोत्साहित गरेको बताउँछिन् । अनुराग एलिजाको पहिलो चलचित्र भएकाले चलचित्रको नतिजा जस्तो आएपनि आफू निरन्तर चलचित्रमा काम गरिरहने एलिजाको धारणा रहेको छ । सबैको नजरमा निकै लोकप्रिय ऋषिलाई चलचित्र क्षेत्रमा दर्शकले कत्तिको साथ दिन्छन् त्यो भने हेर्न बाँकि नै छ ।

 

प्रतिक्रिया दिनुहोस्