नेपाल आईडलका प्रताप दासको हिरो बन्ने चाहना



१८ भदौ २०७५, काठमाडौँ

नेपाल आईडल सिजन १ मा प्रतिस्पर्धीको रुपमा आएर सेकेण्ड रनर अप बन्न सफल प्रतियोगी हुन् प्रताप दास । अत्यन्तै मिठा स्वरका धनी प्रतापको चर्चा नेपाल आईडलमा आएपछि चुलिएको थियो । उनी नेपाल आईडल भन्दा पहिले नेपाली तारामा गएर चौँथो स्थान हासिल गर्न सफल भएका थिए । तर नेपाल आईडलले उनलाई नयाँ नाम र चर्चा दिएको थियो ।

प्रताप अहिले यति लोकप्रिय बनिसकेका छन् कि उनलाई देशविदेशको कार्यक्रममा जान भ्याईनभ्याई छ । पछिल्लो समयमा उनले केहि चलचित्रमा गाएका गीतले निकै चर्चा बटुलिरहेका छन् । प्रताप हाल प्रदिप खड्का स्टारर चलचित्र रोज को मोफसल टुरमा व्यस्त छन् ।

हेर्दा निकै ह्याण्डसम देखिने प्रताप आफूलाई गायनमा मात्र नभएर अभिनयमा पनि निकै रुचि भएको बताउँछन् । सानैदेखि चलचित्रहरु हेर्न खुब रुचाउँने प्रतापले आफूलाई नायक पनि बन्न रहर भएको बताए । उनले आफूलाई सबैभन्दा धेरै प्रदिप खड्का मन पर्ने बताउँदै उनको जस्तै अभिनय गर्न मन भएको कुरा खोले । भविष्यमा राम्रो चल चित्रबाट अफर आए मिस नगर्ने उनले बताएका छन् । उनको आवाजको त सबै मानिसहरु फ्यान भएकै छन् यदि उनी अभिनयमा आएभने पनि उनलाई मन नपराउने सायद कोहि हुदैनन् होला ।

 

प्रतिक्रिया दिनुहोस्