नेम्पा अवार्डमा अनमोल र साम्राज्ञीले पाए पपुलर नायक नायिकाको अवार्ड



१८ भदौ २०७५, काठमाडौँ

केहि समयअघि नेपाली फिल्म क्षेत्रमा अमेरिकामा नेम्पा पपुलर फिल्म अवार्ड हुने चर्चा निकै चुलिएको थियो । नभन्दै अमेरिकामा केहिदिन अगाडि मात्र नेम्पा फिल्म अवार्ड सम्पन्न भएको छ ।

अमेरिकामा रहेको नेपाल चलचित्र संघले आयोजना गरेको अवार्ड समारोहमा नेपालका थुप्रै कलाकारहरु अमेरिका पुगेका थिए । उक्त अवार्ड समरोहमा नेपालका मेघास्टार मानिने नायक अनमोल के.सीले पपुलर नायकको अवार्ड पाउन सफल भए भने नेपालकी निकै चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पपुलर नायिकाको अवार्ड पाइन् । अमेरिकामा भएको उक्त अवार्ड समारोहमा अनमोल र साम्राज्ञी दुवै उपस्थित भने थिएनन् ।

त्यस्तै नेम्पा अवार्ड निर्देशक दिपाश्री निरौलाको पोल्टामा पनि पर्न सफल भयो । उनले चलचित्र छक्का पञ्जा २ बाट उत्कृष्ट निर्देशकको अवार्ड पाइन् । त्यसैगरी माग्ने बुढाका नामले परिचित केदार घिमिरे र तक्मे बुढा भनेर चिनिने विल्सन विक्रम राईले चर्चित हास्यँ कलाकारको अवार्ड पाए । उक्त अवार्ड समारोहमा नेपालका सदावहार नायक मानिने भुवन के.सी लाई युग नायकको अवार्ड दिइयो भने राते काइला भनेर चिनिने नेपालका बरिष्ठ कलाकार सुनिल थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मानित गरिएको थियो । यसरी विभिन्न विधाका अवार्डले नेपाली कलाकारको सम्मान गरिएको थियो । धेरै दर्शकहरु उपस्थित भएका नेम्पा अवार्ड निकै भव्य र सव्य तरिकाले सम्पन्न भयो ।

 

प्रतिक्रिया दिनुहोस्