प्रदिपका फ्यानका लागि खुशीको खबर : पाउने भए रोज र टिसर्ट



१८ भदौ २०७५, काठमाडौँ

चलचत्रिको प्रदर्शन मिति नजिकिदैँ गर्दा धमाधम चलचित्रको प्रमोशनमा व्यस्त छन् यतिबेला नायक प्रदिप खड्का । प्रदिप खड्का स्टारर चलचित्र रोज यहि भदौ २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्रको प्रदर्शन मिति नजिकिदैँ गर्दा चलचित्र टिम यतिबेला प्रमोशनका लागि देशका विभिन्न सहरहरुमा कन्सर्ट गर्नमा व्यस्त छ ।

नायक प्रदिप खड्कासँगै विभिन्न ठाउँहरुमा भईरहेको कन्सर्टमा चलचित्रका दुई अभिनेत्री मिरुना मगर र परमिता राणा, गायक प्रताप दास र प्रज्ञा श्रेष्ठ पनि सहभागी भएका छन् । चलचित्रको छायांकनदेखि नै विवाद खेपिरहेको चलचित्र रोज गोपी कृष्ण मुभिजको ब्यानरमा निर्माण भएको हो । अहिले चलचित्रको प्रमोशनका लागि देशका ठूला सहरहरुमा पुगेका अभिनेता खड्काको कन्सर्टमा निकै फ्यानहरु देखिएका थिए ।

उनले आफ्ना फ्यानहरुलाई रोज लेखेको टिसर्ट दिदैँ भदौ २२ मा सबैलाई चलचित्र हेर्न आग्रह पनि गरे । प्रदिप चकलेटी नायक भएकाले उनको केटि फ्यानहरु धेरै छन् । उनले आफ्ना फ्यानहरुलाई टिसर्ट मात्र नभएर रोज दिदैँ चलचित्रको प्रमोशन गरिरहेका छन् । प्रदिपको रोज लिनलाई उनको फ्यानहरु निकै तानातान गरिरहेका थिए । उनका धेरै केटि फ्यानहरु उनलाई देखेर खुसी भएर रोएका पनि थिए ।

 

प्रतिक्रिया दिनुहोस्