मेलिना र टंकको चरि चुच्चे च बोलको गीत सार्वजनिक



१८ भदौ २०७५, काठमाडौँ

मेलिना राई नेपालकी निकै चर्चित गायिका हुन् । त्यस्तै टंक बुढाथोकी पनि सफल संगीतकार र गायक हुन् । यी दुईले साथमा थुप्रै गीतहरु गाईसकेका छन् । यसअघि उनीहरुले गाएका कसरी कसरी बोलको गीतले अत्यन्तै चर्चा पाएको थियो । यी दुईले फेरि बजारमा नयाँ गीत ल्याएका छन्  ।

टंक बुढाथोकी र मेलिना राईको आवाज रहेको चरि चुच्चे च बोलको गीतमा देवराज कार्कीको शब्द र कुल्बा सुब्बाको संगीत रहेको छ । उक्त गीत निकै मिठो र रमाईलो शैलीमा गाईएको छ । उक्त गीतलाई टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्