मन बिनाको धन ठूलो कि धन बिनाको मन बाट पाए अशोकले पहिलो अवार्ड



१८ भदौ २०७५, काठमाडौँ

गायक तथा संगीतकार टंक बुढाथोकीसँग मन बिनाको धन ठूलो कि धन बिनाको मन गीत गाएर दिनानुदिन चर्चित बनेका बाल गायक अशोक दर्जीले पहिलो पटक क्यापिटल नेशनल अवार्ड पाएका छन् ।

आफ्नो नयाँ घरको गृहप्रवेश गरे लगत्तै सांस्कृतिक कार्यक्रमको लागि दुबई गएका अशोक केहिदिन अगाडि मात्र नेपाल आएका हुन् । मन बिनाको धन ठूलो कि धन बिनाको मन गीत गाएर भाईरल बनेका अशोक अहिले यति धेरै चर्चित र व्यस्त छन् कि उनलाई देशविदेशको कार्यक्रममा जान भ्याईनभ्याई छ । सानै उमेरमा निकै चर्चा कमाउन सफल अशोकले आफूले गाएको पहिलो गीतबाट नै अवार्ड पाउन सफल भएका छन् ।

अवार्ड कार्यक्रममा अशोक टंक र उनका छोरा ए.आरसँग उपस्थित भएका थिए । अशोकले सर्वोत्कृष्ट युगल गायनको अवार्ड पाएका हुन् । अवार्ड पाउँदा अशोक र टंक निकै खुसी देखिन्थे । अशोक हाल टंकसँग काठमाडौँमा नै बसेका छन् । आफ्नो पहिलो गीतलाई दर्शकले निकै रुचाएपछि अब अशोक चाँडै नै आफ्नो दोस्रो गीत पनि आउने बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्