हिस्टेरियालाई यौनसमस्यासँग जोड्नु अवैज्ञानिक



०७ भदौ २०७५, काठमाडौं

अहिले हिस्टेरिया अधिकांश किशोर किशोरीमा देखिने रोग हो ।

तर यसलाई यौनसमस्यासँग जोड्नु गलत भएको चिकित्सकहरुको भनाई रहेको छ । हिस्टेरिया भनेको मानसिक क्षेत्रका तन्तुहरुबिच अस्थायी  रुपले बिकृती उत्पन्न भएर संवेगात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने अथवा  हो ।

हाम्रो समाजमा हिस्टेरिया शब्दको गलत अर्थ लाग्छ हिस्टेरिया यौन इच्छा नपुक्दा हुन्छ भन्ने गलत धारणा छ । कसैलाई हिस्टेरिया भयो भन्दा गालि पनि पाउन सकिन्छ । तर हिस्टेरिया यौनको कारणले मात्र भएको हुदैन, मानिसको जिवनमा हुने कुनै पनि तनाव दिने घटना वा पिडादायी घटनाले गर्दा हुन्छ । यस्ता पिडादायी घटना हाम्रो मन मस्तिष्कमा बसेका हुन्छन् । यो पिडादायी कुरा शारिरीक लक्षणको रुपमा वाहिर निस्कने हुनाले अहिले यसलाई (डिसोसिएटिभ डिसअर्डर) भनिन्छ  ।

मुर्छा पर्ने, काम्ने, बर्बराउने, विर्सने, उत्तेजित हुने, एक्लै बस्न मन पराउने हिस्टेरियाका लक्षणहरु हुन् । हिस्टेरियाका यस्ता लक्षणहरुले सामाजिक अवस्था, संस्कृती, धर्म, रीति रिवाज तथा ब्यक्तिगत मनोदशाले प्रभाव मार्ने बताईँदै आईएको छ । त्यसैले यसका लक्षणहरु पनि विभिन्न जाति, धर्म, वर्ग, भौगोलिक अवस्था, अनुसार फरक–फरक हुने जानकारहरु बताउँछन् ।

पछिल्लो समय हिस्टेरियालाई स्वास्थ्यसँग जोडिएको समस्या भन्दा पनि मान्छेमा यौन ईच्छा पुरा नभएकाले यस्तो भएको हो, भनेर प्रस्ट्याउन थालिएको छ ।  वास्तवमा यसलाई मेडिकल भाषामा (डिसोसिएटिभ डिसअर्डर) भनिन्छ । हाम्रो समाजमा हिस्टेरियालाई यौन चाहना पुरा गर्न नपाएकोले यस्तो भएको हो, भन्ने सोच यत्रतत्र भएको पाईन्छ । यस रोगका बारेमा कुनै ब्यक्तिलाई पूर्ण ज्ञान नहुनु र अल्पज्ञानको धारमा रहेर कुरा गर्ने प्रवृत्तिले विरामीले रोग लुकाउनु बाध्य हुन्छन् ।

यो रोगको यौनसँग सम्बन्ध नभई नितान्त मानसिक कुण्ठासँग सम्बन्धित छ ।

तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हो हिस्टेरियाको समाधान,  यसको समाधानको लागि अहिलेसम्म कुनै ट्याब्लेट वा इन्जेक्सन बनेको पाईन्दैनन् । तर औषधीहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्दछन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ । निदानको लागि तनावको पहिचान आवश्यक छ । पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ ।

अन्य शारिरीक वा मानसिक रोग भए आवश्यक्ताअनुसार नियमित औषधी उपचार पनि गनुपर्ने हुन्छ । त्यसैले यो रोग बिवाह नभएकाहरुलाई मात्र लाग्ने रोग हाईन । बिवाह गर्दैमा यो रोगबाट मुक्त हुन सकिदैँन । बिहेसँग मात्र यो रोगको सम्बन्ध हुँदैन । मनको कुण्ठामा सेक्स पनि एउटा अशं हुन सक्छ, तर पुरै सेक्ससम्वन्धि कुण्ठाका कारणले मात्र यो रोग लाग्छ भन्नु अवैज्ञानिक हो ।

प्रतिक्रिया दिनुहोस्