भदौ ८ र ९ गते दोस्रो अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना हुँदै



०६ भदौ २०७५, काठमाडौं

अष्ट्रेलिया अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरुको संख्या पनि दिनानुदिन बढ्दै गईरहेको बेला विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एउटा आकर्षक र उपयुक्त शैक्षिक गन्तव्यका रुपमा स्थापित भइसकेको छ ।

अष्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरूको साझा छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एका)ले अगष्ट २४ र २५ (भाद्र ८ र ९ गते) तारिखमा दोस्रो अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्न लागेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

‘एका’द्वारा जारी गरिएको प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

आदरणिय पत्रकार मित्रहरु !
विषय : दोश्रो अष्ट्रेलियन एजुुकेशन फेयरका सम्बन्धमा
विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एउटा आकर्षक र उपयुक्त शैक्षिक गन्तव्यका रुपमा स्थापित भइसकेको सर्वविदितै छ । अष्ट्रेलिया अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरुको संख्या पनि दिनानुदिन वृद्धि भैरहेको छ ।
उच्च शिक्षाका लागि आकर्षक गन्तव्य बनिरहेको अष्ट्रेलिया अध्ययन गर्न जाने सोँचमा रहनु भएका विद्यार्थीहरुको हितलाई मध्यनजगर गर्दै अष्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरूको साझा छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एका)ले अगष्ट २४ र २५ (भाद्र ८ र ९ गते) तारिखमा दोस्रो अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्दैछ भनेर सुनाउन पाउँदा हामीलाई खुसी लागेको छ ।
प्लस टु सकेर अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थिसँगै अविभावकहरुको जिम्मेवारी समेत उत्तिकै हुने गर्छ । त्यसकारण हामीले मेलाको नारा नै ‘विद्यार्थीसँगै अभिभावक’ तय गरेका छौं ।
होटल अन्नपूर्णमा आयोजना हुने शैक्षिक मेलामा अष्ट्रेलियाका सात वटा कलेज तथा २२ वटा शैक्षिक परामर्शदाताहरूको प्रत्यक्ष सहभागिता रहने पनि यहाँहरुमा जानकारी गराउँदछु ।
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको शैक्षिक मेलामा एचआइबीटी कलेज फेयर पार्टनरको रुपमा रहेको छ भने किङ्सफोर्ड इन्टरनेशनल इन्स्यूच्यूट प्लाटेनियम पार्टनरको रुपमा रहेको छ । त्यसैगरी फेयरमा भाइब कलेज, किङ्स वन इन्स्यूच्यूट, एआइए कलेज, क्युआइबिए कलेज, एसएसबिटीको प्रत्यक्ष सहभागिता रहनेछ ।
दुई दिनसम्म चल्ने शैक्षिक मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभिभावकको जिम्मेवारी, पढाइ खर्च र पढ्ने विषय, कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी उपलब्ध गराईनेछ । मेलामा २२ वटा शैक्षिक परामर्शदाताहरुको सहभागिता सहित ३० स्टल रहनेछन् ।
राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने दोश्रो अष्ट्रेलियन एजुकेशन फेयर २०१८ ले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहेका विद्यार्थी र अविभावकहरुका लागि राम्रो अवसर उपलब्ध गराउने हामीले अपेक्षा लिएका छौं ।
यस मेलाको इभेन्ट म्यानेजमेन्ट राइज इभेन्टले गर्ने छ भने बैंङ्किङ पार्टनर एनआइसी एसिया बैंक, मिडिया पार्टनर एस म्यागेजिन र ट्राभल पार्टनर एभ्रेष्ट ट्राभल एण्ड टुर्श रहेका छन् ।
यो अवसरको उच्च सदुपयोग गर्न, गराउन अपिल पनि गर्दछौं र तपाईका सञ्चार माध्यमहरुबाट यस मेला सम्बन्धी पठनीय समाग्री प्रकाशन तथा प्रसारण गरेर सहयोग गरिदिनु हुन समेत हार्दिक अनुरोध गर्दछौं ।

निरज श्रेष्ठ
अध्यक्ष, अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स ‘एका’

प्रतिक्रिया दिनुहोस्