जनस्वास्थ्य विधेयक २०७५ स्वीकृत



०६ भदौ २०७५, काठमाडौं

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले जनस्वास्थ्य विधेयक २०७५ लाई पारित गरेको छ ।
संविधानमा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्यको हक हुन्छ, भनी व्यवस्था गरिएको छ ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो विधेयक बैठकमा पेश गरेका थिए ।

विधेयकको सैद्धान्तिक विषयमाथि छलफल गर्दै पूर्व–स्वास्थ्यमन्त्री खगराज अधिकारीले विशिष्ठ ब्यक्तिहरु बाहिर उपचारमा जाँदा आ–आफ्नै खर्चले जानुपर्ने विचार राखेका छन् । सांसद कृषणभक्त पोखरेलले राष्ट्रिय जनस्वास्थ्य नीति बनाउन, स्वास्थ्य बीमा र आकस्मिक स्वास्थ्य कोषलाई विधेयकमा प्रभावकारी बनाईएको बताएका छन् । सांसद सेर बहादुर तामाङले अधिकांश जिल्लाहरुमा चिकित्सक पुयाउन नसकिएको बेलामा ऐनले ढोका खुलाएका बताए ।

त्यसैगरि सांसद पद्म गिरीले स्वास्थ्य ब्यक्तिबाट मात्र नेपाल समृद्ध हुने बताउँदै पैसा नभएका कारणले कोही पनि मर्न नपरोस् भन्ने उद्देश्य विधेयकले राखेको बताएका छन् । त्यस्तै सांसद नवराज सिलवालले विधेयकले आधारभूत स्वास्थ्यलाई निःशुल्क बनाउने विश्वास ब्यक्त गरे

प्रतिक्रिया दिनुहोस्