महानगर तथा उपमहानगरमा आजबाट धुवाँ फाल्ने गाडी प्रवेशमा रोक



०१ भदौ २०७५, काठमाडौं

महानगर तथा उपमहानगरपालिकामा आजबाट धुवाँ फाल्ने निजी तथा सार्वजनिक गाडीलाई प्रतिबंध गरिएको छ ।

सरकारले वायु प्रदूषण घटाउने भन्दै यस्तो सवारी साधनमाथि रोक लगाएको हो । धुवाँ फाल्ने गाडी चलाएको पाएमा सडकमै सवारी साधन जफत गरि कारबाहीको प्रक्रिया अगाडि बढाइने ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको जनाएको छ । यातायात व्यवस्थाका अनुसार डिजेल तथा पेट्रोलले चल्ने गाडीहरुले अनावश्यक धुवाँ उत्सर्जन गरि वायुमण्डललाई फोहोर गर्ने भएकाले यस्तो सवारी साधनलाई शुक्रबारदेखि रोक लगाईएको हो ।

उपत्यकाको नागढुङ्गा, बल्खु, ठुलो भर्याङ, एकान्तकुना, सल्लाघारी, टेकु तथा अन्य ठाँउहरुमा प्रदूषणको मात्रा मापन गरिँदै आईएको छ । ३८ प्रतिशत वायु प्रदूषण यस्तै पुरानो गाडीहरुको कारणले हुने विभिन्न अध्ययनल देखाएको छ ।

विभागले उपत्यका बाहिर रहेका भरतपुर, डडेल्धुरा, सुर्खेत तथा विराटनगरलगाएतका अन्य १३ ओटा कार्यालयमा प्रदूषण जाँचको काम तीब्र रुपमा थालेको छ ।

प्रतिक्रिया दिनुहोस्