राष्ट्रिय वाणिज्य बैंक र नर्भिक अस्पतालबिच छुट सम्झौता



३१ साउन २०७५, काठमाडौं

राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेश्नल अस्पतालबिच बैंकका छुट होल्डरहरुलाई अस्पतालले दिने सेवामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहबिच हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापश्चात बैंकका डेविट कार्ड होल्डर र उसको परिवारहरुले उक्त अस्पतालबाट प्रदान हुने सेवा जस्तैः रेडियोलोजी, सिटी स्क्यान, प्याथोलोजी, म्यामोग्राम, सर्जीकल शुल्क, एमआरआई लगाएतका शूल्कमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । साथै बेड चार्ज र वार्षिक स्वास्थ्य प्याकेजमा ५ प्रतिशतसम्म छुट पाउन सक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्