‘टार्गेट’ लिएर प्रशिक्षण दिन थाले सफल हुन्छौँ : कल्याण कुँवर



पारा तेक्वान्दो को भविष्य उज्वल देख्ने कुँवर भन्छन्, ‘कुनै पनि प्रतियोगिता आउने केही महिनादेखि मात्रै तयारीका लागि संघहरुले पहल गर्न थाल्छन् । प्रतियोगिता सुरु हुनुभन्दा एक वर्ष अघिबाट नै टार्गेट (लक्ष्य) लिएर प्रशिक्षण दिन थाल्यौँ भने सफल हुन्छौँ ।’

२७ साउन २०७५, काठमाडौं

सानो छदाँ खासै नबोले पनि साथीभाइसँग घुम्न  भने रमाउने कल्याण कुँवर पारा तेक्वान्दोका राष्ट्रिय पशिक्षक हुन् । त्यस्तै उनी तेक्वान्दोका राष्ट्रिय रेफ्री तथा ५ औँ डान पनि हुन् । चितवनको रत्न नगरमा जन्मिएका  उनी  आफ्नै दाजु यादव कुँवरको प्रेरणाबाट तेक्वान्दो खेलतर्फ आकर्षित भए ।

दाजुले आफूजस्तै बाठो बनाउनका लागि  कल्याणलाई  तेक्वान्दो प्रशिक्षण दिन थाले । २०५० मा दाजुसँग ६ महिना  प्रशिक्षण लिएका  कुवँरले  २०५५सम्म चितवन तेक्वान्दो डोजाङमा प्रशिक्षण लिएका हुन् । २०५४ मा ब्लाकबेल्ट गरेका कल्याणले उक्त डोजाङमा कृष्ण चौधरीसँग प्रशिक्षण लिएका थिए ।

साथै उनले २०५५ सालमा नेपाल माद्यामिक विद्यालयबाट एसएलसी परिक्षा उत्तिर्ण गरे ।तत्पश्चात सौराह तेक्वान्दो डोजाङको नामबाट प्रशिक्षण दिन सुरु गरेका कुँवरले ६ महिनापछि विविध कारणवश डोजाङ नै बन्द गर्नुपर्यो । कुँवरले तेक्वान्दो खेलका दौरान २०५३ मा भएको चितवन जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा सिल्भर मेडल जिते भने ०५४ मा वाग्लुङमा सम्पन्न आमन्त्रण क्षेत्रिय प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भए ।

त्यस्तै २०५४ मा तत्कालिन राजा विरेन्द्रको जन्मोत्सवको अवसर पारेर काठमाण्डौमा आयोजित प्रतियोगितामा सिल्भर मेडल जितेका कुवँर सन् २०१४ मा भारतको देहरादुनमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए । २०६० सालमा काठमाण्डौ झरेका कुँवरले केही समय खेल नै छाडे । उनी भन्छन्, ‘काठमाण्डौ आएपछि हामी आफ्नै पसल चलाउन थाल्यौँ भने अन्य विविध कारण लामो समय खेलबाट टाढा भएँ ।’

 

सन् २०१३ बाट पुन: खेलमा फर्किएका कुँवरले सन् २०१४ मा देहेरादुनमा सम्पन्न अन्तराष्ट्रिय प्रतियोगितामा तेश्रो पदक प्राप्त गरेका थिए । हाल उनी  तेक्वान्दो  संघ अन्तर्गत रहेको पारा तेक्वान्दो कमिटीमा बिहान दुई घण्टा भोलेन्टियर प्रशिक्षकको रुपमा कार्यरत छन् । त्यस्तै काठमाण्डौ विद्याकुञ्जमा तेक्वान्दो प्रशिक्षण गराउछन् भने प्रारम्भिक वाल विकास केन्द्रमा प्रशिक्षण गर्दै आएका छन् । ‘पारा तेक्वान्दो को पशिक्षण लिने १३–१४ जना छन्, ६–७ जना मात्रै निरन्तर आउने गर्दछन्,उनले भने ।’सन् २०११ को अन्यतिर दुर्घटनामा उनका दाजुले हात गुमाए ।

 

‘दाइले दुर्घटनामा परेर हात गुमाएपछि पारा तटेकान्दोको बारे जानकारी पाउनुभएछ । उहाँले पाराबाट सहभागी भएर विभिन्न प्रतियोगिता मेडल पाएपछि मैले पनि २०१३ बाट पारा तेक्वान्दो को प्रशिक्षण दिन थालेँ । साथै केही समय दाजुको सहकर्मीको रुपमा काम गरेँ त्यसपछि पाराका खेलाडी खोजेर प्रशिक्षण दिन थालियो ।’ सन् २०१५ बाट ह्विलचियर पारा तेक्वान्दो को प्रशिक्षण पनि सुरु भयो । खुट्टाले खेल्नुपर्ने तेक्वान्दो हात नहुनेहरुलाई त असहज हुन्छ भने गोडा नहुनेहरुका लागि त असहज नहुने कुरै भएन् ।

ह्वीलचियर तेक्वान्दोको सुरुवाती अनुभव सुनाउँदै काल्याण भन्छन् , सुरुवाती दिनमा त आफैँ अलमलमा परेँ । सिकाउने क्रममा मेरो पनि केही गल्ती भएछ । पछि गल्तीलाई सच्याउँदै सिकाउँदै गएँ । अहिले त सजिलै हुन्छ । सन् २०१८ मा हुने आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका लागि तयारी थालिएको कुँवर बताउँछन् ।

उनले भने पारा तेक्वान्दो का लागि तेक्वान्दो संघका सचिव एवं प्रवक्ता दिपक विष्टले निकै सहयोग पुर्याउदै  आउनुभएको छ । उक्त प्रतियोगिताका तयारीका लागि पनि उहाँले सहयोग पुर्याइरहनु भएको छ । काशि मिया संयोजक रहनुभएको पारा तेक्वान्दो कमिटी अन्तर्गत तेक्वान्दो प्रशिक्षण गराउँदै आएका कुँवर तार्केट लिएर खेलेमा सफल हुनेमा आशंका नरहेको बताउँछन् ।

काठमाडौँ तेक्वान्दो जिल्ला कार्यसमितिको निर्वाचित सदस्य रहेका कुँवरले २०१५ मा ३१औ मास्टर कोर्ष काठमाडौँमा पुरा गरेका थिए । यस्तै २०१६ मा दक्षिण कोरियामा पारा तेक्वान्दो सम्बन्धी १५ दिने कोर्ष पनि गरेको थिए ।

पारा तेक्वान्दो को भविष्य उज्वल देख्ने कुँवर भन्छन्, ‘कुनै पनि प्रतियोगिता आउने केही महिनादेखि मात्रै तयारीका लागि खेलकुद परिषद्ले पहल गर्न थाल्छ । तथापी पारा तेक्वान्दोले छोटै समयमा थुप्रै पदक जितिसकेको छ । प्रतियोगिता सुरु हुनुभन्दा एक वर्ष अघिबाट नै टार्गेट (लक्ष्य) लिएर प्रशिक्षण दिन थाल्यौँ भने सफल हुन्छौँ ।

प्रतिक्रिया दिनुहोस्