प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रधामन्त्री समक्ष पेश



१३ साउन २०७५, काठमाडौं

नेपाल प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रधामन्त्री समक्ष पेश गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रज्ञा–प्रतिष्ठान कुलपति गंगाप्रसाद उप्रेतीले उक्त प्रतिवेदन पेश गरेका हुन्।

कुलपति उप्रेतीले यही साउन १० गते विहिबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर आर्थिक वर्ष २०७४/७५ अन्तर्गत नेपाल प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रधामन्त्री केपी शर्मा ओली समक्ष पेश गरेका थिए। प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै प्रधामन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानको हितको निम्ति आफुले सक्दो सहयोग गर्ने पनि वचन दिए।

प्रज्ञा प्रतिष्ठानको हितको निम्ति वर्तमान सरकार र स्वयम् प्रधानमन्त्री आफै सचेत भएको हुँदा आगामी दिनहरुमा प्रज्ञा प्रतिष्ठानले अझ धेरै कार्यक्रमहरु ल्याएर आउने कुलपति गंगाप्रसाद उप्रेतीले बताए। प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्षको वार्षिक प्रतिवेदन प्रज्ञा प्रतिष्ठानको संरक्षक प्रधानमन्त्री समक्ष बुझाउने प्रचलन रहेको छ।

प्रतिक्रिया दिनुहोस्