भारतद्वारा नेपाललाई पहिलो किस्ता अनुदान रकम हस्तान्तरण



११ साउन २०७५, काठमाडौं

भुकम्पपछिको पुनर्निर्माण मा सबेै भन्दा बढि अनुदान रकम उपलब्ध गराउने भनी प्रतिबद्धता गरेको भारतले अनुदान स्वरुपको पहिलो किस्ता रकम नेपाललाई उपलब्ध गराएको छ ।भारतले पहिलो किस्ता अन्तर्गत रु. २ अर्ब १० करोड ४३ लाखको चेक हस्तान्तरण गरेको हो ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा भारतीय राजदुताबास मंञ्जिव सिहं पुरीले अर्थ सचिब डा. राजन खनाललाई उत्त रकम हस्तान्तरण गरेका हुन् ।

२०७२ फाल्गुन ८ गते भारत र नेपाल सरकारबीच नुवाकोट र गोरखा जिल्लाका ५० हजार घरको पुनर्निर्माण गर्न १० अर्ब रुपैंया सहयोग गर्ने सहमति गरेको थियो ।

पुनर्निर्माण प्राधिकरणका अनुसार उत्त रकम नुवाकोट र गोरखा जिल्लाका ४२ हजार ८६ घरहरुको पुनर्निर्माण का लागि उपयोग गरिने छ ।

नेपालको पुनर्निर्माण मा भारतले १ खर्ब रुपैंया सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । जसमध्ये रु. ७५ अर्ब सहुलियत ऋण हो भने रु. २५ अर्ब रुपैंया अनुदान रकम हो । अनुदान मध्ये रु. १० अर्ब रुपैंया भने निजी आभासमा खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्