बच्चामा यस्तो संकेत देखिएमा हुनसक्छ, टुरेन्ट सिन्ड्रोम



हामी चाहन्छौं, आफ्नो बच्चा स्वस्थ्य होस् । सामान्य होस् । कुनै शारीरिक समस्या नहोस् । तर, हामीले सोचेजस्तो नहुन सक्छ ।
अर्कोकुरा, बच्चा कस्तो जन्मन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन । बच्चा जन्मिएपछि पनि उसको आनीबानी, प्रवृत्तिदेखि शारीरिक अवस्था पनि तत्काल थाहा पाउन सकिदैन । किनभने सानो छँदा बालबालिका भिन्न किसिमकै हुने गर्छन् । जब उनीहरु हुर्कदै जान्छन्, तबमात्र उनीहरुको आनीबानी स्पष्ट हुँदै जान्छ । हुर्कदै जाँदा मात्र उनीहरुमा कुनै समस्या भएरनभएको थाहा हुन्छ ।

कतिपय बच्चाहरु खासगरी २ देखि १४ बर्ष उमेर समूहका बच्चाले असामान्य गतिविधि देखाउन सक्छन् । उनीहरुको शारीरिक हाउभाउ सामान्य नहुन सक्छ । जस्तो कि, आँखा घुमाइरहने । एकातिर टाउको बाटार्ने । मुख बङ्याउने । काँध उचाल्ने ।
यस्तो समस्या देखिएमा टुरेन्ट सिन्ड्रोम हुनसक्छ । यो मानसिक विकार हो । यस्तो ५ देखि ९ बर्ष उमेरका विकार बालबालिकामै हुनसक्छ ।
कसरी थाहा पाउने ?
(यदि बच्चा सामान्य छ भने, उनीहरुको व्यवहार पनि सामान्य नै हुनेगर्छ । तर टुरेट सिन्ड्रोमले ग्रस्त बच्चाको शारीरिक गतिविधि केही फरक हुन्छ ।

(टुरेट सिन्ड्रोमले ग्रस्त बच्चालाई चल्न, हिँड्न, दौड्न, सिधा बस्नमा समस्या हुन्छ ।
(सामान्य बच्चाले रिसाउँदा गलत शब्दको प्रयोग गर्दैनन् । जबकी टुरेन्ट सिन्ड्रोमले ग्रस्त बच्चाले यादाकदा अर्थ्हिन र गलत शब्द पनि ओकल्न सक्छ ।

(यस्ता बच्चा एकदमै आक्रमक हुन्छन् । उनीहरु हरेक कुरामा चिच्याएर बोल्छन् । यस्ता बच्चालाई कुटपिट गरियो भने उनीहरुले तोडफोड गर्न सक्छन् । वा आफैलाई चोट र्पुयाउन सक्छन् ।
( यस्ता बच्चा सधै तनावग्रस्त हुनेगर्छन् ।
टुरेन्ट सिन्ड्रोम ग्रस्त बच्चाको केही साझा व्यवहार
(असामाजिक व्यवहार
(अचानक रिसाउने
(अनुचित व्यवहार गर्ने

किन हुन्छ ?

यःतो समस्या किन हुन्छ ? त्यसको खास कुनै कारण फेला परेको छैन । आनुवांशिक र पर्यावरण दुबै कारणले यस्तो समःया हुनसक्छ । खासमा यो मस्तिष्कसँग जोडिएको बिमार हो । खासगरी यो समःया मस्तिष्कको त्यस हिस्सा सम्बन्धित हुन्छ, जो शरीरको गति(चालको नियन्त्रण गर्न मद्दत गर्छ । टुरेट सिन्ड्रोम विकसित हुने संभावना बालिकाको तुलनामा बालकमा बढी हुन्छ ।
केही अध्ययनबाट के थाहा भएको छ भने टुरेट सिन्ड्रोम मस्तिष्कको कुनै किसिमको बदलाव वा तान्त्रिका कोशिकाको संचार गर्ने तरिकामा बद्लावको कारण हुनसक्छ । मस्तिष्कमा रहेको न्यूरोट्रान्समीटरको सन्तुलनमा कुनै प्रकारको गडबडीले टुरेट सिन्ड्रोम विकास हुन्छ । न्यूरोट्रान्समिटर, मस्तिष्कमा स्थित एक प्रकारको केमिकल हो, जो कोशिकाबाट कोशिकासम्म सिग्नल ल्याउने र र्पुयाउने काम गर्छ ।
यसलाई आनुवंशिक विकार भनिएको छ । अर्थात आमाबुबाबाट बच्चामा त्यो सर्न सक्छ । तर, कुनै व्यक्तिमा यस्तो समस्या छ भन्दैमा बच्चालाई पनि हुन्छ भन्ने चाहिँ होइन । एक अध्ययन अनुसार कुनै आमाबुबा वा दिदीभाईमा यस्तो विकार छ भने उनीहरुको बच्चामा टुरेट सिन्ड्रोम हुने संभावना ५ देखि १५ प्रतिशतसम्म हुनसक्छ ।

यो समस्या भए के हुन्छ ?
(कुनैपनि कुरामा एकाग्रता हुँदैन ।
(कुनैपनि कुरा सिक्ने क्षमता कमजोर हुन्छ ।
(चिन्ताको समस्या आदि ।
टेरेट सिन्ड्रोमको उपचार छ ?

यो आनुवंशिक समस्या भएकाले यसको रोकथाम हुँदैन । यसको उपचार पनि गर्न सकिदैन । यद्यपी यसको केही व्यवःथापन गर्न सकिन्छ, जसले यसको लक्षण नियन्त्रण गर्न सकिन्छ ।
खासगरी उनीहरुको वानीव्यवहारमा परिवर्तन ल्याउने किसिमको अभ्यास प्रभावकारी हुनसक्छ । के पनि भनिन्छ भने यसको उपचारको खास आवश्यक्ता हुँदैन । किनभने बच्चा बढ्दै गएपछि यो स्वत ठिक हुन्छ । यसको नियन्त्रणका लागि केही औषधी भने उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्