‘इटहरीको बजेट सन्तुलित छ’ : उपमेयर गौतम



२२ असार २०७५, इटहरी

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याएको निती, कार्यक्रम र बजेट सन्तुलित भएको दावी गरेको छ । इटहरी नगर कार्यपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी बजेट बाँडफाड समानुपातिक भएको दवी गरेको हो ।

गएको आषाढ १० गतेबाट सुरु भएको तेस्रो नगर अधिवेशसनले १ अर्ब ३७ करोड बराबरको बजेट सभामा पेश गरेको थियो । तर केही स्रोत थपिने देखीएपछी बजेटको आयतन बढाएर २० गते १ अर्ब ५० करोड ८९ लाख ४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो ।

केहि सदस्यहरुले बजेट असन्तुलित भएको भन्दै हिजो सभा बहिष्कार गरेका थिए । तर नगर उपप्रमुख लक्ष्मी गौतमले बजेट सन्तुलित भएको भन्दै असन्तुष्टी नगन्य सदस्यको मात्र बिमती रहेको बताए । ‘१/२ जना सदस्यले विरोधका लागी विरोध गर्नु भयो ।’ गौतमले भने ‘धेरै सदस्य आफ्ना पार्टीका वडा अध्यक्षले गरेको सभा नियम बिपरीतको काममा लज्जित भएर निस्कनु भएको हो ।’

बजेटको संशोधन विरोधको चडरले नभई संघीय र प्रदेश सरकारबाट सवारी कर, ल्यान्ड फिल्ड साईड आदिमा शसर्त अनुदान आउने भएकाले बजेट संशोधन गरी आयतन बढाईएको गौतमको दावी छ । गौतमले प्रत्येक वडाबाट आएका योजनालाई जस्ताको तस्तै राखेर पास गरेको दावी गर्दै इटहरी गौरवका योजना समेत इटहरीकै वडामा सञ्चालन हुने बुझ्न आग्रह गरे । गौतमका अनुसार इटहरी गौरव योजना अन्र्तगत जनता पार्क निर्माण, रात्रीबजारको ब्यवस्थापन, तालतलैया बिकास आदी रहको बताए ।

इटहरी उपमहानगरपालिकाले असार २० गते २०७५/७६ का लागि कुल १ अर्ब ५० करोड ८९ लाख ४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमा चालु खर्च तर्फ २०.२८ प्रतिशत, पुँजीगत खर्च तर्फ ७९.३४ र बित्तिय समानीकरण अन्र्तगत ०.५ प्रतिशत बजेट छुट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्