यी चार चिजको प्रयोगबाट पाउनुहोस् ८ दिनमै गोरोपन



२१ असार २०७५, काठमाडौं

गर्मीको मौसममा प्राय मानिसको शरीर कालो हुन थाल्छ । विभिन्न ब्राण्डका क्रिम लगाउँदा पनि शरीरमा कालोपनको असर कम देखिदैन । गर्मीमा निक्लने पसिनाले ओइली अनुहारको रौछिद्रलाई खुल्न दिदैन ।

धेरै जसो मानिसलाई थाहा नै हुदैन मौसम अनुसार आफ्नो शरीरलाई कसरी स्वस्थ्य वा गोरो राख्ने । व्यूटी एक्सपर्टलाई मान्ने हो भने केहि चिज यस्तो छ जुन निरन्तर एक हप्ता गर्याे भने कालोपनको समस्याबाट छुट्कारा पाउन सकिन्छ । जान्नुहोस् यी ४ चिज जसको प्रयोगबाट कालोपनलाई कम गर्न सकिन्छ ।

के कारणले बढ्छ कालोपन ?
भिटामिन A,C,B  को कमीले शरीरमा रुखोपन आउँछ । यसले सांवलापन बढ्छ । लिभर समस्या लामो समयसम्म रह्यो भने यसको नेगेटिभ असर स्किनको सेल्समा हुन्छ  । हर्मोनको बदलावको असर स्किनमा हुन्छ । धेरै धुपमा बस्ने कारण कम्प्लेक्सन डल हुन थाल्छ ।

निम्न ४ चिजबाट गोरो स्किन पाउन सकिन्छ ?

१. कालो चिया
कालो चियामा  कपास भिजाएर शरीरमा लगायो भने गोरो छाला पाउन सकिन्छ । साथै यसलाई पिउँदा पनि टक्सिन्स कम हुन्छ र फेयरनेस बढ्छ ।

२. एलोभेरा जेल
एलोभेरा जेल अनुहारमा लगाएर सुकेपछि चिसो पानीले पखाल्ने गर्याे भने यसले गोरोपन बढाउँछ । एलोभेरा जुस पिउने कारणले अनुहारको चमक बढ्छ ।

३. नरिवलको पानी
नरिवलको पानीलाई कटनको मद्दतले अनुहारमा लगाई दश मिनेटपछि धुने । नरिवलको पानी पिउँदा पनि टक्सिन्स हट्छ र फेयरनेस बढ्छ ।

४. निबुवाको रस
निबुवाको रसको गुलाब जलमा मिलाएर अनुहारमा लगाउने र यो सुकेपछि धुने । यसले कालो धब्बा सफा हुन्छ र गोरोपन बढाउँछ । यसले अनुहारको चमक पनि निरन्तर बढाइरहन्छ ।

प्रतिक्रिया दिनुहोस्