महिला र पुरुषबीच बिबाहको ग्याप किन आबश्यक छ ? यस्ताछन् कारण



पहिलाका मान्छेहरुले विहेको तयारी गर्नासाथ केटा र केटीको उमेरमा निकै चासो राख्दथे । उनीहरु ठान्थे केटा र केटीको उमेरमा राम्रै फरक हुनुपर्दछ । धेरैले चाहन्थे केटाभन्दा केटीको उमेर कम्तिमा पनि ५–६ बर्ष कम होस् । के तपाईलाई थाहा छ ? पहिलाका मानिसहरुले यस्तो फरक किन चाहन्थे ।
महिला चाँडै नै परिपक्क हुन्छन्
आमरुपमा के ठानिन्छ भने केटाभन्दा केटी चाँडै व्यावहारिक र परिपक्व हुन्छन् । यस्तो अवस्थामा दुबैको उमेर एकजस्तो भयो भने उनीहरुको सोच पनि मिल्दैन । जसका कारण श्रीमान र श्रीमतीको बीचमा झगडा हुने प्रबल सम्भावना हुन्छ ।
पुरुषभन्दा उमेरदार देखिन्छन् महिला
समयको साथ–साथ महिलाहरुमा हुने हर्मोनको बदलावका कारण पुरुषभन्दा महिलाहरु चाँडैनै उमेरदार देखिन्छन् । महिला आफ्नो लोग्नेभन्दा बढि उमेरको नदेखियोस भनेर पनि ५–६ बर्ष कम उमेरको केटीसँग विवाह गराउन खोजिन्छ ।
केटीहरु भावुक हुन्छन्
केटाहरुको तुलनामा केटीहरु अलिक बढिनै भावुक हुन्छन् । त्यसैले हरेक केटीका बाबुआमाले आफ्नो छोरीको जीवनसाथी हमेशा भावनात्मकरुपमा सहारा दिन सक्षम होस भन्ने चाहन्छन् ।
जिम्मेवारीको आभास
आफूभन्दा कम उमेरकी केटी विवाह गर्दा घर–गृहस्थीमा केटाहरु बढि जिम्मेवार बन्छन् । उनीहरु बरालिने संभावना कम हुन्छ । घरको सानोतिनो काममा पनि श्रीमतीलाई सघाउन थाल्छन् । त्यही केटा र केटीको उमेर एकै भयो भने अनुभवको कमिले जीवनमा निकै झमेला आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्