पोखराको नेपाली जुत्ता घरमा भारी छुटमा जुत्ता किन्नेको ताँती



१६ असार २०७५, पोखरा

पोखरा नेपाली जुत्ता घरले पोखरामा आयोजना गरिरहेको समर सेल मेला ग्राहकहरुले अत्याधिक रुचाएका छन् । पोखरा नेपाली जुत्ता घर सिद्धार्थ चोक चिप्लेढुंगामा रहेको आधिकारीक शोरुममा ग्राहकहरुको अत्याधिक भीडका साथमा नेपाली उत्पादनहरु बिक्री भईरहेको छ ।

नेपाली जुत्ता चप्पल उत्पादनहरु निकै गुणस्तरीय र आकर्षक भएको हुँदा अधिक  ग्राहकहरुले मन पराएको एक ग्राहक हरी लेकालीले बताए । ‘नेपाली जुत्ता चप्पल आकर्षक डिजाइनमा आउने र निकै टिकाउ रहेको मैले अनुभव गरेको छु, जसले गर्दा यो पटक पनि नेपाली जुत्ता किन्न आएको हुँ ।’उनले भने ।

पोखरा नेपाली  जुत्ता घरले प्रचलित बजार मूल्य भन्दा तीन गुणा सस्तो मूल्यमा नेपाली जुत्ता चप्पल समर सेल मेला भरी उपलब्ध गराउनेछ । जसमा पोखरावासीहरुले आफ्नो चाहना र डिजाइन अनुसारको उत्पादनहरु किन्न सक्नेछन् ।

हाल पोखराका ग्राहकहरुको मागका कारण नेपाली ब्राण्डहरुले आफ्ना उत्पादनहरुको विशेष मुल्य कायम गरेका छन् । नेपाली जुत्ता घरमा रहेका ९ नेपाली जुत्ताचप्पल उत्पादक कम्पनीहरुले ग्राहकहरुका लागि विशेष मुल्यमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेका छन् ।

कम्पनीहरुले न्यूनतम १ हजार रुपैयामा नै नेपाली ब्राण्डका जुत्ता बिक्री गरिरहेका छन, जहाँ बालक, वृद्ध, महिला, स्कूले विद्यार्थी, जागिरेहरुका लागि फरक–फरक डिजाइन र स्टाईलका जूत्ता चप्पलहरु उपलब्ध गराएका छन् ।

नेपाली जुत्ता घरका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले पोखरावासीका लागि विशेष उत्सवको रुपमा समर सेल मेला आयोजना गरेको जानकारी दिए ।

‘हामीले पोखराका हाम्रा ग्राहकहरुका लागि आकर्षक डिजाइन र गुणस्तरीय जुत्ताचप्पलहरु विशेष मूल्यमा बिक्री गरिरहेका छौं, हरेक पोखरावासीलाई सुहाउने गरी उत्पादनहरु ल्याएका छौं, पोखरावासीले पनि नेपाली उत्पादनहरुलाई मनपराउनु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं,’ उनले भने ।

कम्पनीमा आवद्ध ९ वटै नेपाली ब्राण्डले आफ्ना फरक–फरक उत्पादनहरुमा विशेष मूल्य र अफर कायम गरेका छन् । यस्तो अवसर न यस अघि आएको थियो न यसपछि नै आउनेछ, त्यसैले हरेक नेपालीको पाईलामा नेपाली ब्राण्डका जुत्ता चप्पल पुर्याउने लक्ष्यलाई पुरा गर्न पनि पोखरावासीले पनि नेपाली उत्पादन नै रोज्नुपर्दछ ।

समर सेलमा बिएफ डियरहिल सुजले ३,०८० रुपैयाँ बजार मूल्य पर्ने जुत्ता हाल १,००० अफर मूल्यमा बिक्री गरिरहेको छ जहाँ न्यूनतम १ हजार रुपैयाँमा नै नयाँ उत्पादन किन्न पाईनेछ । कम्पनीले ९ वटा फरक फरक मोडलका उत्पादनहरुमा विशेष छुट मूल्य दिएको छ । साथै बिएफ डियरहिल सुजका छालाका चप्पल रु.१,००० मा पाइनेछ, उक्त चप्पलको बजार मूल्य १,४०० र १,७०० पर्दछ, र छालाकै बेल्टहरु ५०० र ८०० मा पाईनेछन् ।

त्यस्तै शिखर सुजले ८,५०० रुपैयाँ पर्ने जुत्ता ६,८०० रुपैयाँमा ग्राहकहरुलाई उपलब्ध गराएको छ, जसले न्यूनतम १,५०० रुपैयाँमा नै शिखर सुजका उत्पादनहरु बिक्री गरिरहेकोछ। शिखर सुजले आफ्ना ८ वटा मोडलका उत्पादनहरुमा विशेष मुल्य कायम गर्दै ग्राहकहरुलाई नयाँ अफर दिएको छ ।

कोशेली ब्राण्डले पनि ३,०९५ रुपैयाँ पर्ने जुत्तालाई २,००० रुपैयाँमा नै ग्राहकहरुका लागि बिक्रीका लागि राखेको छ भने यस कम्पनीले न्यूनतम मूल्य १,००० रुपैयाँमा आफ्ना जुत्ताहरु बिक्री गरिरहेको छ । कम्पनीले विभिन्न ५ मोडलका उत्पादनहरुमा विशेष अफर दिएको छ ।

क्रसरोड ब्राण्डले आफ्ना ग्राहकहरुका लागि न्यूनतम ८,०० रुपैयाँमा नै जुत्ता चप्पल बिक्री गर्ने योजना राखेको छ । यस कम्पनीले ३,८९५ पर्ने जुत्ता समर सेल मेलामा ३,००० रुपैयाँमा नै उपलब्ध गराएको छ । कम्पनीले आफ्ना विभिन्न ६ मोडलका उत्पादनहरुमा विशेष छुट दिने भएको हो ।

स्काई सुज ब्राण्डले समर सेल मेलाको अवसर पारेर अफर मूल्यमा जुत्ता चप्पल बिक्री गरिरहेको छ । कम्पनीले २,७९० रुपैयाँ पर्ने जुत्तालाई अफरमा १,५०० रुपैयाँमा नै उपलब्ध गराएको छ भने न्यूनतम १,००० रुपैयाँमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेको छ ।

टाकुरा ब्राण्डले ग्राहकहरुका लागि समर सेल मेलामा आफ्ना उत्पादनहरु विशेष छुट मूल्यमा बिक्री गरिरहेको छ। जहाँ कम्पनीले बजार मूल्य २५९० पर्ने जुत्तालाई मेलामा १,८०० रुपैयाँमा नै बिक्री गरिरहेको छ । त्यस्तै कम्पनीले न्यूनतम मूल्य १,००० रुपैयामा पनि आफ्ना केहि उत्पादनहरु ग्राहकहरुलाई उपलब्ध गराईरहेको छ ।

लेदर विंग्स ब्राण्डले आफ्ना ५ वटा मोडलका जुत्ता चप्पलहरुमा विशेष छुट दिएको छ । समर सेल मेलामा कम्पनीले ३,८५० रुपैयाँ बजार मूल्य रहेको उत्पादन ३,००० रुपैयाँमा नै उपलब्ध गराएको छ ।

लेडिज शुज ब्राण्ड शुल्याण्डले पनि आफ्ना उत्पादनहरुमा विशेष अफर मूल्य कायम गरेको छ । कम्पनीले समर सेल मेलामा विभिन्न मोडलका स्याण्डलहरु ४,०० र ४,५० रुपैयाँमा नै उपलब्ध गराएको छ ।

समर सेल मेलामा सफ्टच ब्राण्डले पनि आफ्ना विभिन्न मोडलका जुत्ताहरु बिक्रि गरिरहेको छ, जहाँ कम्पनीले ७ मोडलका उत्पादनहरु अफर मूल्यमा ग्राहकहरुलाई बिक्री गरिरहेको छ ।

मेलाको अवसर पारेर नै बिएफ डियर हिलको १,७५० रुपैयाँ बजार मूल्य रहेको लेदर चप्पल १,४०० रुपैयाँमा नै उपलब्ध गराएको छ भने १,३३० रुपैयाँ पर्ने लेदर चप्पल १,००० रुपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै शिखरले जेन्स चप्पल ४,०० रुपैयाँमा बिक्री गरिरहेको छ भने लेडिज चप्पल ३,०० रुपैयाँमा बिक्री गरिरहेको छ । शिखरले बजार मूल्य २,७०० पर्ने स्पोर्टस सुज समर सेल मेला अवधिभर १,५०० रुपैयामा उपलब्ध गराएको छ ।

यो बाहेक सबै कम्पनीहरुले समर सेल मेलामा फ्याक्ट्रिबाट उत्पादित नयाँ रेगुलर जुत्ताहरुको खरिदमा २० प्रतिशतसम्मको छुट दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्