छैठौं लोक दोहोरी अवार्ड असोजमा हुने



१३ असार २०७५, काठमाडौं

छैठौं लोक दोहोरी अवार्ड हुने भएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले अवार्ड आयोजना गर्न लागेको हो ।

आउदो असोज महिनामा सम्पन्न गर्ने गरी छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ को आयोजना गरिएको र त्यसका लागि फारम समेत खुलिसकेको उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले जानकारी गराए ।

मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले अवार्डको बारेमा जानकारी गराएको छ । उपत्यकाको विभिन्न स्थानबाट फारम पाउन सकिने पनि सापकोटाले बताए ।

५ वटा सम्मानका विधा सहित २१ वटा अन्य विधाहरु समावेश गरिने उक्त अवार्डमा लोकगीत, लोकसस्कृति र लोक दोहोरीको संरक्षण सम्बर्धन र प्रबर्द्धनको निम्ति अग्रजहरुलाई सम्मान साथै नयाँलाई थप प्रोत्साहन होस् भनेर २०६९ साल देखि यो कार्यक्रमको आयोजना गरिदै आइरहेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले बताए ।

प्रतिक्रिया दिनुहोस्