एसइइको नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा



०९ असार २०७५, भक्तपुर

माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) को नतिजा सार्वजनिक भएको छ ।

शनिबार परीक्षा बोर्डको बैठक बसेपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक भएको हो ।

माध्यामिक शिक्षा परीक्षा बोर्डका अनुसार कुल ४ लाख ५१ हजार ५ सय ३२ परिक्षार्थी सहभागी भएकोमा जीपीए ३.६५ देखि ४ सम्म १४२३४, जीपीए ३.२५ देखि ३.६ सम्म ४६१३०. जीपीए २.८५ देखि ३.२० सम्म ४९०३७, जीपीए २.४५ देखि २.८० सम्म ७०५१२, त्यस्तै गिपीए २.०५ देखि २.४० सम्म ६१८७०, जीपीए १.६५ देखि २ सम्म १०१०४३, जीपीए १.२५ देखि १.६ सम्म ३५५८४ र जीपीए .८५ देखि १.२० सम्म ५८६८८ रहेका छन् ।

यस परीक्षामा उमेर नपुगेका विद्यार्थी संख्या ७४ रहेको, र सैदान्तिक विषय छुटेका विद्यार्थी संख्या १२५० रहेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै ९ जना विद्यार्थी परीक्षा रद्ध गरिएको र ११ जना उत्तर पुस्तिका रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।यस परीक्षामा १३०९० जना विद्यार्थी ड्रप आउट भएको कार्यालयले जनाएको छ ।

कसरी हेर्ने नतिजा ?

एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ। आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np मा, परीक्षा नियन्त्र क कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np र नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्