आजबाट कृषि सहकारी संघ ललिपतुरको कारोवार शुरु



०१ असार २०७५, काठमाडौं

नयाँ नेतृत्वसँगै आजबाट दैनिक कारोवार हुने गरी जिल्ला कृषि सहकारी संघ लि. को शाखा शुभारम्भ भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले एक कार्यक्रमबिच संघको कार्यालय उद्घाटन गरेका छन् ।

कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि बडालले जिल्ला कृषि सहकारी संघ ललितपुरले गतिशील नेतृत्व पाएको भन्दै ‘कारोवार शुरुवातसँगै संघको गतिशिलता बढेको बताए ।’ मन्तव्यकै क्रममा अध्यक्ष बडालले, ‘जिल्ला कृषि सहकारी संघ लि. ललितपुर नमुना जिल्ला संघ बन्ने अपेक्षा राखेको बताए ।’

कार्यक्रममा जिल्ला कृषि सहकारी संघ लि.की अध्यक्ष ओमदेवी मल्लले आफू काम गरेर देखाउनका लागि कृषि संघको नेतृत्वमा आएको बताईन् । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य मल्लले सबैको साथ र सहयोगले ललितपुर संघलाई नमुना संघ बनाउने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेल, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष तथा महासंघका संचालक सुरेन्द्र भण्डारी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक रमेश पोखरेल, संचालक माधव दुलाल, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक केवी उप्रेतीलगायत बैंकका संचालकहरु, जिल्लाका विषयगत सहकारी संघका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्