प्रदेश १ : ३५ अर्बको बजेट आउँदै



०१ असार २०७५

संवैधानिक व्यवस्था अनुसार शुुक्रबार प्रदेश १ ले आर्थिक वर्ष २०७५/७६ का लागि बजेट ल्याउने भएको छ । प्रदेश सभाको बैठकमा आर्थिक मामिला एवं योजना मन्त्री इन्द्र बहादुर आङ्वोले बजेट पेश गर्नेछन् ।

करिव ३१ अर्बको स्रोत रहेको प्रदेश १ ले घाटा बजेटको रुपमा ३५ अर्बको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला एवं योजना मन्त्रालयले जनाएको छ । आफ्नो नीति तथा कार्यक्रममा कृषिलाई पहिलो र पर्यटनलाई दोस्रो प्राथमिकता दिएको प्रदेश सरकारले बजेटमा पनि यिनै कुरालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

संघीय प्रणालीको पहिलो आर्थिक वर्षको रुपमा रहेको यो आर्थिक वर्षको संघीय बजेट गत जेठ १५ गते नै अर्थमन्त्री युवराज खतिवडाले बजेट पेश गरिसकेका छन् । संघीय सरकारको बजेटमा प्रदेश १ ले वित्तीय समानीकरण अनुदान अन्तर्गत ६ अर्ब ६१ करोड र सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड गरी जम्मा १९ अर्ब ८८ करोड बजेट पाएको छ ।

प्रतिक्रिया दिनुहोस्