सिङ्गापुरमा हुने वार्ताको खर्च डेढ करोड अमेरिकी डलर



२८ जेठ २०७५, सिङ्गापुर

अमेरिका र उत्तर कोरियाको शिखर बैठकका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको सिङ्गापुरले जनाएको छ ।

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले आइतबार मात्र उक्त खर्चको बारेमा जानकारी दिँदै सो कुरा बताएका हुँन् ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच यही मङ्गलबार हुने शिखर वार्ताका लागि सिङ्गापुरले एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने योजना बनाएको उनले जानकारी गराएका थिए ।

खर्चको करिब पचास प्रतिशत त सुरक्षा प्रबन्धमा नै लगाइएको छ, लुङले भने ।

सिङ्गापुरले शान्तिका लागि आफ्नो देशले प्रयत्न गरेको तर यहाँको खर्चको विवरणका लागि निकै चासोका साथ प्रश्नहरु उठेकोले उक्त खर्चको कुरा गरेको हो भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्