३३ किलो सुन प्रकरणका फरार अभियुक्त एसएसपी श्याम खत्री प्रहरी कब्जामा



१७ जेठ २०७५, बिराटनगर

चर्चित ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याका एक फरार अभियुक्त वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्याम खत्रीले आज जिल्ला अदालत मोरङमा उपस्थित भएर आत्मसमर्पण गरेका छन् ।

जिल्ला अदालत मोरङमा आज उपस्थित भई आत्मसमर्पण गरेका मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी गराए ।

फरार मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) ले यस अघि नै आत्मसमर्पण गरिसकेका छन् भने अर्का फरार अभियुक्त एसएसपी खत्रीले आत्मसमर्पण गरेसँगै अब फरार अभियुक्तको संख्या ३१ बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्