सडकमा झाडु लगाएर सभामुख महराद्वारा स्वच्छ वातावरण महाअभियानको उद्घाटन



१६ जेष्ठ २०७५, काठमाडौ

शंखापर्कमा झाडु लगाएर सभामुख कृष्णबहादुर महराले स्वच्छ वातावरण महाअभियान २०७५ सुरु गरेका छन् ।

बन तथा वातावरण मन्त्रालयको पहलमा विश्व वातावरण दिवसको अवसर पारेर आज देखि स्वच्छ वातावरण महाअभियान सुरु भएको छ । काठमाण्डौ स्थित शंखपार्कको सडकमा झाडु लगाएर सभामुख महराले स्वच्छ वातावरण महाअभियानको उद्घाटन गरेका हुन् ।

एक एक इकाईबाट समुह बन्छ र त्यसले नै सस्थागत रुप लिन्छ त्यसैले स्वच्छ वातावरण निर्माणको निम्ति आफैबाट सरसफाइको सुरुवात गर्नु पर्छ महराले बताए । आम नागरिकको स्वास्थ्य, इज्जत र सबल जनशक्ति निर्माणसग जोडिएको बताउदै सभामुख महराले विश्व वातावरण दिवसकै दिनबाट सुरु भएको यो महान अभियानले सार्थकता पाउनेमा आफु ढुक्क भएको पनि बताए ।

शंखपार्कको सडकबाट फोहोर उठाउदै सुरु भएको अभियान विशाल चोक, धुम्बाराही, पिपलबोट हुदै पुन शंखपार्कमा पुगेर समापन भएको थियो । अभियानमा बन तथा वातावरण मन्त्री शक्ति बस्नेत सहित धेरैको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्