अनाथ बालबालिकालाई आर्थिक सहयोग



१६ जेठ २०७५, सिन्धुली

युवा व्यवसायी क्लब सिन्धुलीले अनाथ बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

शैलशिखर अनाथालयमा बस्दै आएका भगवती बोर्डिङमा अध्ययनरत १० जना अनाथ बालबालिकाका लागि क्लबले रु २० हजार सहयोग गरेको हो ।  क्लबका अध्यक्ष सञ्जीव सुन्दासले अनाथालयका विष्णु देवकोटालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्