रिलायन्स इन्टरनेश्नलको रक्तदान कार्यक्रम सम्पन्न



१४ जेठ २०७५, काठमाडौँ

रिलायन्स इन्टरनेश्नल एकेडेमीको आयोजना तथा एनएमबि बैँकको सहकार्यमा बुनपा १० कपन, मिलनचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 

नेपाल प्रज्ञा प्रतिष्ठानका वरिष्ठ साहित्यकार प्राज्ञ वियोगी वुढाथोकीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा रिलायन्स इन्टरनेस्नल एकेडेमीका प्रधानध्यापक खेमराज भूषालले सभापतित्व गरेका थिए ।

कार्यक्रममा रक्तदान गर्ने कुल ६० जना मध्ये ४० पुरुष र २० महिला रहेका रहेको जानकारी एकेडेमीका प्राईमरी तहका संयोजक धनराज बस्नेतले दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्