कविद्वय गाउँले र पन्तलाई आजीवन सदस्यता 



१३ जेठ २०७५, काठमाडौं

नेपाली वाङ्मय परिषद्ले नेपाली साहित्यको श्रीवृद्धिका साथै संस्थाको बृहत्तर हितका निमित्त विशेष योगदान दिए वापत दुई नारी श्रष्टालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष शशी लुमुम्बूको अध्यक्षतामा बिहीबार बसेको बैठकले कविद्वय कविता राई गाउँले र सरस्वती पन्तलाई विधान अनुसार संस्थाको आजीवन सदस्यता प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको हो । संस्थाको इतिहासमा यस्तो सदस्यता पहिलो पटक प्रदान गर्न लागिएको बताइएको छ ।

सो  सदस्यता असार अन्तिम साता काठमाडौँमा आयोजना हुने परिषद्को छैठौँ बार्षिकोत्सवको विशेष समारोहमा प्रदान गरिने सचिव टीका चाम्लिङले जानकारी गराए ।

सचिव चाम्लिङका अनुसार विशेष कविता उत्सवसहितको उक्त विशेष समारोहमा भारतको दार्जिलिङका कवि तथा साहित्यकारहरूलाई आमन्त्रण गरिने छ भने नेपाली साहित्यमा दार्जिलिङले पुर्याएको योगदानमाथि विमर्शसमेत गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्