नेकपाका अध्यक्षद्वयले दिए तोकिएका क्षेत्रमा काम गर्न निर्देशन



११ जेठ २०७५, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आआफ्नो जिम्मेवारी तोकिएका क्षेत्रमा काम गर्न निर्देशन दिएका छन् ।

बालुवटारमा बसेको पार्टी केन्द्रीय समितिको पहिलो बैठकमा सामाजिक न्यायसहितको समृद्धिका लागि सरकारलाई सहयोग गर्न केन्द्रीय सदस्यलाई अध्यक्षद्वयले निर्देशन दिनुभएको थियो । अध्यक्ष ओलीले समाजवाद र समृद्धिका लागिे भ्रष्टाचार नगर्न र गर्न नदिन सबैलाई निर्देशन दिनुभएको थियो । साथै अध्यक्ष दाहालले पछिल्लो समय पार्टीभित्र मौलाएको नातावाद र कृपावाद अन्त्य गर्नुपर्ने बताउनुभएको थियो ।

बैठकमा निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रिय सदस्यहरुले हस्ताक्षरसहित आफ्नो नागरिकको प्रतिलिपी बुझाउने काम पनि सम्पन्न गरिएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितको नामावली बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्