प्रधानमन्त्रीद्वारा ४१ राष्ट्रका कम्युनिष्ट युवाहरुको बैठक उद्घाटन



०९ जेष्ठ २०७५, काठमाडौँ

विश्व प्रजातान्त्रिक युवा संगठनको General council meating काठमाडौँको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बैठकको  उद्घाटन गरेका छन् । कार्यक्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत उपस्थिति रहेको छ ।

अहिले राष्ट्रिय सभा गृह सजिसजाउ छ भने हल भित्र ४१ राष्ट्रका कम्युनिष्ट युवाहरु उपस्थिति रहेको छ । ४१ राष्ट्रका १०० भन्दा बढी  कम्युनिष्ट युवाहरुको सामुहिक बैठकलाई विशेष रुपले हेरिएको छ ।

उद्घाटन कार्यक्रममा  झाँकी सहित विभिन्न जातजातिको पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्