
०८ जेठ २०७५, काठमाडौँ
३३ किलो सुनकाण्डका मुख्य आरोपी चुडामणी उप्रेती ‘गोरे’ ले प्रहरी समक्ष आत्मसमर्पण गरेको खुलासा भएको छ । बिदेशमा लुकीछिपी बसेको भनिएका अभियुक्तलाई काठमाडौं गौरीघाटस्थित घरबाट पक्राउ गरिएको थियो ।
पक्राउ पर्नुअघि उनले नेपाल मानव अधिकार संगठनका नाममा जीवन रक्षासहित आत्मसमर्पणका लागि निवेदन लेखेको पाईएको छ ।
उनले भनेका छन् ‘मेरो जीवनको रक्षा होस् । कानुनलाई सघाउन तथा आफ्ना कुरा राख्न पाउँ भन्दै तपाई मार्फत नेपाल मानव अधिकार संगठन समक्ष यो निवेदन गर्दछु । सुरक्षित रुपमा न्यायालयमा पुग्न सक्ने मिति, स्थान र समयमा प्रवन्ध मिलाई दिनुहुन समेत अनुरोध गर्दछु ।’ उनले यो निवेदन मानव अधिकार संगठनका महासचिव केपी सुवेदीको नाममा लेखेका हुन् ।
उनी लुक्न आएका थिए कि आत्मसमर्पण गर्न ?
आफ्नै घर गौरीघाटबाट पक्राउ परेका गोरे भारतमा लुकेर बसेको प्रहरी स्रोतको आशंका रहेको थियो । भारतमा रहेका गोरे कसरी गौरीघाट आइपुगे, उनी लुक्न आएका थिए कि आत्मसमर्पण गर्न भन्ने प्रश्न अनुत्तरित छ ।
पक्राउ पर्नुअघि गोरेले खुलासा गरेको भिडियो टेपः