
२३ वैशाख २०७५ सिन्धुली
स्थानिय निकायमा सहकारीको भूमिका विषयक एकदिने अर्न्तक्रिया कार्यक्रम सिन्धुलीमा सम्पन्न भएको छ ।
सिन्धुली सदरमुकामको सिन्धुली फाष्टफुड एण्ड क्याटरिङ्ग सर्भिसको हलमा भएको अर्न्तक्रियामा जिल्लाका विभिन्न भागका सहकारी अभियान्ताहरु तथा संचालकहरुको समेत सहभागिता थियो ।
कार्यक्रममा नगरप्रमुख खड्ग खत्रीले सहकारीको प्रभावकारी परिचालनबाट रोजगारी सिर्जना गर्नतर्फ अग्रसर हुन आयोजकहरुलाई अनुरोध गरे ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहयोगमा भएको कार्यक्रमलाई सहकारी संजाल सिन्धुलीको संयोजन साथै सिन्धुलीका विषयगत सहकारी तथा संघसंस्थाहरुको समेत सहभागिता थियो ।