बाल अपाङ्ग टेवा संस्थाद्वारा शैक्षिक क्षेत्र सुधारको लागि पहल



२३ वैशाख २०७५, काठमाडौं

सबैका लागि शिक्षामा पहुच पुर्याउन समावेशी शिक्षामा जोड दिनु पर्ने आजको आजको आवश्यकता हो भन्ने मुल नाराका साथ बाल अपाङ्ग टेवा संस्थाले सरकारी तथा नीजि विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिको लागि २ दिने समावेशी गोष्ठी तथा कार्यशाला सम्पन्न गरेको छ । संस्थाकै कार्यालयमा यहि वैशाख २१ र २२ मा सम्पन्न कार्यशालामा शैक्षिक सुधारका लागि विभिन्न विषयहरुमा छलफल भएको थियो ।

समावेशी शिक्षा भनेको जुनसुकै शारिरीक, सामाजिक, आर्थिक, लैगिक, जातिय र अन्य अवस्था रहेका बालबालिकाले एकै ठाउमा पढ्न पाउने अवसर हो । यसले बालबलिकामा भएको विविधताको सम्मान गर्दै उनीहरुलाई शिक्षामा पहुँच र समान अवसरको सुनिश्चित गर्दछ । यसले बालवालिकाहरुलाई सुरक्षित र सहज शैक्षिक वातावरणको श्रृजना गर्दछ भन्ने भनाई राख्दै आजी थकाली रेष्टरेण्ट, कपनमा कार्यशालाको समापन समारोहमा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले विद्यालयहरुलाई पानी शुद्धिकरण गर्ने फिल्टर वितरण गरेका थिए ।

यस संस्थाले बुढानिकण्ठ नगरपालिका वडा नं. १०,११,१२, र १३ लाई समावेशी शिक्षाको क्षेत्रमा खोज अनुसन्धान, छलफल, सम्भावना अध्यन र सहकार्यमा कार्यक्रम बनाई सबैको हातेमालो र सहकार्यका निमित्त बुनपा नगरपालिकासँग सहकार्य गर्दै यो कार्यक्रमलाई निरन्तर अगाडि बढाउने जानकारी गराउन्भयो ।

यो कार्यशाला गोष्ठीलाई सफल पार्न अमेरिकादेखि नेपालसम्म आई सहयोग गर्नुहुने मेघन गुडविल्सप्रति विद्यालयका शिक्षकशिक्षिक तथा वाल अपाङ्ग टेवा संस्थाका विद्यार्थीहरुले हृदय देखि नै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्