महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याडमा कर छुटको व्यवस्था हुनुपर्छ : स्वास्थ्य राज्यमन्त्री अर्याल



 

काठमाडौँ, १६ चैत

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले समानुपातिकको अवसरलाई सदुपयोग गर्दै देश विकासको नेतृत्व लिएरआफुलाई काममार्फत प्रमाणित गर्न नयाँ नेतृत्व वर्गलाई आब्हान गर्नुभएको छ ।

आरक्षण केही समयका लागि मात्र हो, खुल्ला प्रतिस्पर्धामा उत्रेर राजनीतिमा दिगो रूपमा कार्यकुशलता प्रदर्शन गर्न अहिलेको अवसरको भरपुर सदुपयोग गर्नुपर्ने उहाँको तर्क छ ।विहीवार राजधानीमा जागरण नेपालद्वारा आयोजित लैङ्गिकमैत्री संघिय कानुन निर्माणमा महिला सांसदको भुमिका विषयक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले विकासमार्फत देशलाई समृद्ध बनाउने अहिलेको
लक्ष्य हासिलका लागि संविधानमा राखिएका मौलिक हक सम्वन्धी कानुन पनिआउनु जरूरी रहेको बताउनुभयो ।

कार्यक्रममा महिला कानुन विकास मञ्चका कार्यकारी निर्देशकअधिवक्ता सविन श्रेष्ठले लैङ्गिकमैत्री संघिय कानुन निर्माणमा नवनिर्वाचित महिला सांसदहरूको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै कानुन निर्माण गर्दा ध्यान पुर्याउनुपर्ने लैङ्गिक समानताका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यपत्रमा संविधानले महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदको आधारमा विशेष अवसर प्राप्त गर्ने हकको व्यवस्था गरेको छ, त्यसैले कानुन बनाउँदा उल्लेखित विषयहरूमा महिलाले सकारात्मक विभेदको आधारमा विशेष अवसर प्राप्त गर्ने हक सुनिश्चत हुुनुपर्ने उल्लेख छ ।

त्यसैगरी अधिवक्ता श्रेष्ठले नेपालको संविधान(२०७२) बमोजिम नेपाल नागरिकता ऐन, २०६३ मा गर्नुपर्ने संशोधनका बारेमा पनि कार्यपत्रमा स्पष्ट खुलाउनुभएको छ ।सो संस्थाका अध्यक्ष सम्झना पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद अमृता थापाले समान अधिकारका लागि यसभन्दा अगाडि महिलाले नारा र आन्दोलनमा ज्यान प्राण दिएर सहभागिता जनाएको थियो
भने अहिले संविधान अनुसार नयाँ कानुन बनाएर कार्यान्वयनको अवस्थामा काम गरिरहेका सबै महिला नेतृत्वलाई विगतमा भएका कानुनी विभेदलगायत सबै कानुनमार्फत नै हटाउँदै जानुपर्ने भएकोले सबै एकजुट भएर चनाखोका साथ काम गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी सांसद पवित्रा निरौला, खरेलले महिलाले घरभित्र खटिएको श्रम पनि ग्राहस्थ उत्पादनमा देखिने कानुन पनि आवश्यक रहेको बताउनुभयो । जागरण नेपालका सल्लाहकार शर्मिला कार्कीले प्राप्त उपलब्दीको सक्दो सदुपयोग गरी संविधान अनुसार नयाँ कानुन बनाउँदा महिला
सांसदले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । त्यसैगरी अधिकारकर्मी सलोनी सिंहले सातै प्रदेशमा पुगेर महिलाको क्षमता अभिवृद्धिका लागि काम गरिरहेका छौं लामो समय यहि क्षेत्रमा काम
गरेको अनुभवबाट जनप्रतिनीधिले फाइदा उठाउन सक्नुपर्छ, हामीसँग
हातेमालो गरौं, नागरिक तहबाट हामीले गर्ने सबै किसिमको सहयोग गर्न तयार छौं भन्नुभयो ।

सो अवसरमा महिलाले महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याडमा कर छुटको व्यवस्था गरी महिलाको प्रजनन स्वास्थ्यमा सरकारले सहयोग र सम्मान गर्नुपर्ने आवाज पनि उठेको थियो ।

कार्यक्रममा सांसदहरू मिना पाण्डे, अन्जना विसब्खे,मैना भण्डारी, आशाकुमारी विक, धर्मशिला चापागाईले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्