शिवलिंगमा बेसार चढाउनु अशुभ, यस्तो छ खास कारण



काठमाडौं, १३ चैत

हिन्दु धर्म अनुसार हरेक बार कुनै न कुनै भगवानको पूजा आजा गर्ने गरिन्छ।

यस्तै सोमबारको दिन भने देवहरुको पनि देवता मानिने भगवान शिवको सोमबारको दिन पूजा र वर्त राखिने गरिन्छ । भगवान शिव छिटै प्रशन्न हुने देवता मानिन्छ । त्यसैले भगवान् शिवलाई प्रशन्न गर्नका लागी अरु देवी-देवतालाई जस्तो मिष्ठान भोजन र सुन्दर आभूषणका वस्तु अर्पित गर्न कुनै जरुरि हुदैन ।

हरेक शुभ कार्यमा हामी बेसारको प्रयोग गर्ने गर्छौ तर शिवको पुजामा बेसारको प्रोग प्रतिबन्धित मानिएको छ । भगवान् शिव बाहेक अरु सबै देवी-देवताको पूजामा बेसार अर्पित गर्ने गरिन्छ ।

शास्त्रको अनुसार शिवलिंग पुरुष तत्वको प्रतिक रहेको र बेसार स्त्रीहरुसँग सम्बन्धित भएकोले शिवलाई बेसार नचढाउने बताएको छ ।

यदि तपाई शिवजीको पूजामा बेसारको प्रयोग गर्नुहुन्छ भने तपाईको पूजा बेकार हुनेछ र पूजाको फल प्राप्त नहुने भएकोले भुलेर पनि शिवलिंगमा बेसार चढाउन नहुने शास्त्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्