किन बढ्छ पेट ?



मानिसका लागि पेट बढ्नु तनावको विषय हो । पेट बढ्यो भने मानिसलाई नराम्रो मात्र देखाउँदैन, रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । पेट बढ्नबाट बच्नका लागि एक्सरसाइजबाहेक अन्य कुराले पनि भूमिका निर्वाह गर्छन् ।

तपाईंलाई यो सुन्दा अचम्म लाग्न सक्छ । तर, छिटो–छिटो कुरा गर्ने र चपाउने बानीले पेट बढ्ने समस्या हुन्छ । यस्तो गर्दा पेटबाट बढी हावा निस्कने गर्छ र पेट फुल्न सक्छ । त्यसैले यस्तो बानी हटाउँदा राम्रो ।

अनुसन्धानले यो पत्ता लगाएको छ कि हाँस्दा पनि पेट फिट रहन सहयोग पुग्छ । किनकि हाँस्नु पनि वर्कआउट गर्नुजस्तै हो । त्यसैले दुःखी हुनुको साटो खुसी हुने बानी बसाउनुस् ।

भोकै रहँदा शरीरको मेटाबोलिज्म बिग्रँदै जान्छ र पेट बढ्न थाल्छ । यसका लागि दुई–दुई घन्टाको अवधिमा खाने बानी गर्नुस् ।

दैनिक करिब दुई लिटर पानी पिउँदा तौल सन्तुलनमा रहन्छ । यसैले पानी पिउने कुरामा हेलचेक्र्याइँ गर्नुहुँदैन । नियमित पानी पिउँदा डिहाइड्रेसन हुँदैन, जसले पेट फुल्ने समस्याबाट पनि बच्न सकिन्छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्