लसुनका अपत्यारिला फाइदाहरु



साधारणतया हामिले लसुन दिनहुंजसो खाईरहेका हुन्छौं ।खानाको स्वाद बढाउनका लागि लसुनलाई प्रयोग गरिन्छ । तर यसलाई यदि राती सुत्नेबेलामा सिरानी मुनी राख्दा अपत्यारिला फाइदा हुन्छन् । यसमा पाइने वोलेटाइल ओयलको गन्ध नाकको बाटो हुँदै शरिर भित्र प्रवेश गर्दछ, जसले स्वास्थ्यका लागि विभिन्न फाइदा पुर्याउँछन् ।

१. लसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसले राती मस्त निन्द्रा पार्न मद्दत गर्दछ ।
२. लसुनको गन्धबाट कोलेस्ट्रेलको मात्रा नियन्त्रणमा हुनुका साथै यसले मुटु रोगको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
३. लसुनको गन्धले शरिरको ब्याक्टेरिया नष्ट हुन्छ । यसले छालाको संक्रमण, डण्डीफो, एलर्जीको समस्या हट्छ ।
४. लसुनमा पाइने वोलेटाइल ओयलको गन्त्र शरिरमा गर्मी पैदा गर्दछ । यसले रुघा खोकीको समस्यालाई टाढा राख्छ ।
५. लसुनको गन्धले मिर्गीको समस्या नियन्त्रणमा रहन्छ ।

अन्य फाईदा :
दैनिक बिहान लसुनको दुई पोटी खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ ।
दैनिक बिहान खाली पेटमा लसुनको तीन पोटी खाँदा पाचन क्रिया बलियो हुन्छ ।
लसुनमा जीरा, सौफ र साधा नुन मिसाएर बिहान बेलुकी खाली पेट खाँदा तौल घट्छ ।
लसुनको ५ वा ७ पोटीलाई तेलमा पकाउनुहोस् । यसलाई चिसो गरेर टाउको मालिस गर्दा कपाल झर्न कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्