६४ वर्षीया वृद्धाले दिईन एसईई परीक्षा



माध्यमिक शिक्षा परीक्षा (एसईई) मा वृद्धवृद्धादेखि किशोर किशोरी पनि सहभागी भएका छन् । बिहीबारबाट सुरु भएको एसईई परीक्षामा काठमाडौंकी ६४ वर्षीया पार्वतीदेवी मलासीले शहीद शुक्र मावि बागबजार केन्द्रबाट परीक्षा दिएकी हुन् ।

उनी पद्मकन्या मावि डिल्लीबजारकी विद्यार्थी हुन् । उनको प्रवेशपत्रमा २०१० साल असार ५ गते जन्म मिति उल्लेख छ ।

परीक्षामा सातवटै प्रदेशबाट कुल चार लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी छन् । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी छन् । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा सहभागी विद्यार्थीहरुले शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्