बझाङका विद्यार्थी धुलाे माटाेमा बसेर देश हाँक्ने सपना देख्दै



बझाङ, ८ चैत

विद्यालयमा विद्यार्थीलाई बस्नका लागि बेन्च र डेस्क नहुँदा समस्या भएको छ । बझाङको दुर्गाथली गाउँपालिका बासुधाराकाे महादेव प्राथमिक विद्यालयका विद्यार्थी बस्नका लागि घरदेखि नै चकटी लगेर जाने गरेका छन् ।

विद्यालय प्रशासनले बालबालिकाहरुका लागि बस्ने व्यवस्था नगरेपछि विद्यालयमा अध्यानरत कक्षा एकदेखि पाँचसम्मका सबै विद्यार्थीहरुलाई कक्षा कोठा भित्र भूईँमा बस्नु पर्ने बाध्यता छ । कक्षा भित्र र बाहिर चौरमासमेत ढुङ्गा माटोमा नै बसेर पठन पाठन गरीरहेका छन् ।

२०५३ सालमा स्थापित महादेव प्राथमिक विद्यालय बासुधारामा शिक्षकहरु बस्नलाई ६/७ वटा प्लाष्टिकका कुर्सी र टेबुल भए पनि विद्यार्थी बस्नको लागि भने कुनै पनि व्यवस्था गरीएको छैन ।

कक्षा ५ मा अध्ययनरत विद्यार्थी मनोज जपे्रलले बस्ने समस्या बारे शिक्षक र व्यवस्थापन समितिले केही पहल नगरेको बताए । विद्यालयमा बस्ने व्यवस्था नभएपछि विद्यार्थीहरु बस्नका लागि घरबाटै बोरा र चकटी लिएर आउने गर्दछन् ।

‘विद्यालय स्थापनादेखि नै हामीलाई भवनको समस्या थियो । बल्लतल्ल स्थानीयको श्रोत साधनबाट बस्न भवन निर्माण गरियो तर फर्निचरको व्यवस्था भने गर्न सकिएको छैन् ।’

प्रधानाध्यापक प्रेमबहादुर जप्रेलले भन्नुभयो, विद्यालय मर्मत र फर्निचरका लागि भनेर जिल्ला शिक्षा कार्यलयमा धेरै पटक धाए पनि कतैबाट सहयोग नभएपछि विद्यालयमा यस्तो सम्स्या आएको हो ।’
-उज्यालो

प्रतिक्रिया दिनुहोस्