दुई मिनेटमै यसरी चम्काउनुहोस् आफ्नो दाँत



हरेक मनिसको सुन्दरतामा विशेष प्रभाव पार्ने समस्या दाँत पहेलो हुनु पनि हो । सहि तरिकाले दाँतको हेरचाह नगर्नु, चुरोट, सुर्ती, पराग, जस्ता कुराहरु बढि सेवन गर्दा दाँत पहेँलो हुने समस्या हुने गर्दछ ।

आफ्नो अनुहारको सुन्दरताको तत्व पहेँलो होस् भन्ने कोहि पनि चाहदैनन् । त्यसैले दाँतलाई अन्य कुराहरुमा जस्तै सधै सफा र चम्किलो जरुरी हुन्छ । चम्किलो दाँत सहितको मुस्कानले धेरैलाई प्रभावमा पार्न सक्ने भएकोले दाँतलाई सधै चम्किलो बनाईराख्नु जरुरी हुन्छ । दाँतलाई १ मिनेटमै सफा र चम्किलो बनाउने घरेलु उपाय र बिधि यसप्रकार रहेका छन् :

आवश्यक सामग्री :
१. एक चम्चा बेकिङ्ग सोडा
२. एक चम्चा कागतीको रस

प्रयोग गर्ने विधि :–
एउटा कचौरामा बेकिङ्ग सोडा र कागतीको रस मिसाउने।
-कचौरामा मिसाईएको यो मिश्रणलाई न्यापकिन पेपरको सहायताले दाँतमा राम्ररी लगाउने ।
-दाँतमा यो मिश्रण लगाईसकेको १ देखि ५ मिनेटपछि सफा पानीले राम्ररी सफा गर्ने ।
-अब तपाई दाँत सफा गरि सकेपछि एेना अगाडि गएर हेर्नुहोस, तपाईले पहेंलो दाँत सेतो भइसकेको पाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्