पैसाको बजार लाग्ने देश



एजेन्सी : सुन्दा विश्वास नै लाग्न नसक्ने तर वास्तविक जीवनमा रहेको यो समाचार निकै नै रोचक रहेको छ । आज हामी यस्तो बजारको बारेमा कुरा गर्नेछौ जहाँ फल-फूल, तरकारीको सट्टा पैसाको बजार लाग्ने गर्दछ । दुनियाँको यस्तो देश हो जहाको आधा अर्थव्यवस्था केवल पर्यटनमा टिकेको छ । यहाँको सबै अर्थव्यवस्था नगद रहेको छ । हामी उत्तरी अफ्रीकामा अदनको खाडी नजिक स्थित सोमालील्याण्डको कुरा गर्दैछौ ।

यो देश १९९१ मा सोमालियाबाट अलग भएर नयाँ देश बनेको थियो । अहिलेसम्म यस देशलाई कुनैपनि देशले मान्यता दिएको छैन । एक रिपोर्टअनुसार यस देशमा करीब ४० लाख जनसंख्या रहेको छ ।

सोमालील्याण्डको करेन्सी शिलिंग हो जसको कुनैपनि देशमा कुनै मूल्य रहेको छैन । नतीजा, यो निकै गरीब देश हो । एक अमेरिकी डलरको लागी ९ हजार शिलिंगको नोट दिनु पर्दछ । सोमालील्याण्डमा शिलिंगको ५०० र १००० को नोट चलनमा रहेको छ । यहाँको आधा इलाका स्यान्डी रहेको छ, जबकि बाकी भाग भने प्राय: सुख्खाको शिकार हुने गर्दछ । यहाँबाट सबैभन्दा ठुलो निर्यात उटहरुको हुने गर्दछ । त्यसैले देशको अर्थव्यवस्था माथी आउन सकेको छैन ।

सबैभन्दा बिशेष भनेको यहाँको बजार हो, किनकि यहाँको बजारमा तपाईले नोट धेरै देख्नु हुनेछ । यहाँ तपाईलाई एउटा चुरोट किन्न पनि ५०० या हजारको नोट चाहिन्छ । थैली भरिको तरकारी किन्नको लागी झोला भरि नोट लानु पर्दछ । यदि सोमालील्याण्डमा कुनै महँगो गहना किन्न चाहनुहुन्छ भने गाडी भरेर शिलिंग नोट लैजानु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्