संसारकै सबै भन्दा होची “हट” मोडल…(फोटो फिचर)



एजेन्सी । आज तपाईलाई हामीले विश्वकै एक यस्तो मोडलको बारेमा जानकारी दिन जाँदैछौँ जसले आफ्नो विमारी (रोग) लाई कहिल्यै पनि आफ्नो सपना (उदेश्य) को वाधक बन्न दिईनन्। यी हुन् संसारकै सबै भन्दा होची मोडल। जसको नाम रहेको छ ड्रू प्रेस्ता। ड्रू पेशाले एक मोडल हुन्। उनको उमेर भर्खर २१ वर्ष भएको छ। उनी अमेरिकाकी नागरिक हुन्।

ड्रूलाई बाल्यकाल देखि नै Dwarfism अर्थात् ग्रोथ हर्मोन सम्बन्धी बिमारी रहेको थियो। जसको कारणले उनको उचाई मात्र ३ फिट ४ इन्च मात्र रेहको छ। ड्रू को कम उचाईको कारणले उनी धेरैको अपहेलना र घृणाको शिकार बन्नु पर्यो। उनी घरबाहिर जाँदा मानिसहरु उनलाई हेरेर हाँस्ने र अर्कै ग्रहबाट आएको मान्छे नै जस्तो गरी एकोहोरो हेरी मात्र रहन्थे।

उनलाई यस्तो परिस्थितिले गर्दा निकै गार्हो परिरहेको थियो। उनले आफ्नो उचाईकै कारण अरुबाट भोग्नु परेको अपलनाले उनको मनको कुनै कुनामा ठूलो पिडा बोध भने हुन्थ्यो यद्यपी, उनलाई अरु मानिसले आफु र आफ्नो उचाईबारे के सोच्छन् या सोचे भने कुराले भने खासैकेहि पनि फरक पर्दैन थियो।

यी तनावकै बावजुत उनले आफ्नो सपना र हिम्मत भने कहिल्यै हारीनन्। उनलाई एउटा राम्रो मोडल बन्ने सपना थियो। तर, उनको शरीरमा भएको ग्रोथ हार्मोनिक डिसअडर (उचाई बढ्ने हर्मोनमा गडबडी) ले उनको उचाई बढ्न सकेन। उनले आफुलाई मोडल बन्ने सपना रहेको भनी कुरा गर्दा उनलाई सबै हाँसोको पात्र बनाउने गर्थे। त्यसपछि उनले आफ्नो घर छोडेर संघर्ष गर्ने अठोट सहित निस्किन्।

उनी आफ्नो सपनालाई साकार पार्न लस एञ्जलस शहरमा पुगिन्। लस एञ्जलस पुगेर पनि उनको सफर त्यी सहज भने थिएन। उनलाई कुनै यस्तो काम गर्नु थियो जसले उनलाई एक उदाहरणीय व्यक्तित्वको रुपमा स्थापित गराओस्। अनि आफ्नो सपना अनुसारकै कामको लागि ड्रू ले लस एञ्जलसमा मोड्लिङको अदिशनहरु दिन थालिन्।

शुरवाती समयमा उनले केहि संघर्ष गर्नु पर्यो तर पछि उनलाई मोड्लिङको लागि थुप्रै अफरहरु आउन लागे। अहिले उनी लस एञ्जलसका चर्चित मोडलहरु मध्य एक उनी पनि पर्छिन्। उनले आफुमा भएको कमीलाई अहिले पनि आफ्नो सपनाको अगाडि तगारो मानिनन्।

प्रतिक्रिया दिनुहोस्