‘भाइरल सेक्स भिडियोले तहसनहस बनायो उसको जिन्दगी’



यो कहानी टिजियाना क्यान्टोन(Tiziana Cantone) को हो, जसले सेक्स भिडियो भाइरल भएपछि आत्महत्याको कदम उठाइन।

इटलीको दक्षिणी शहर नेपल्सको उपनगरस्थित मुग्नानो ईलाकामा बस्ने ३१ वर्षीय टिजियानाले सन् २०१५ अप्रिलमा व्हाट्स एप मार्फत पाँच व्यक्तिहरुलाई सेक्स भिडियो पठाईन।

उक्त भिडियो पाउने मध्येमा उनको प्रेमी सर्गियो डी पालो पनि सामेल थिए , जसको साथ उनको सम्बन्ध स्थिर थिएन।

उक्त भिडियोमा टिजियाना अज्ञात व्यक्तिसँग यौन सम्बन्ध गरिराखेकी नजर आएकी थिईन।

१५ वर्षसम्म टिजियानाको साथी रहेकी टेरीजा पेट्रोसिनो याद गर्दै भन्छिन्, “उनी धेरै सुन्दर थिईन, तर उनी सजिलै अरुको भरोसा गर्थिन। उनी उनी गलत समयमा गलत व्यक्तिको सङ्गतमा परेकी थिईन।”

उनको भिडियो तीव्र गतिमा धेरै एडल्ट वेबसाइट्स अपलोड गरियो।

सेक्स भिडियोले खासै केही बिगारेको थिएन, तर उनले बोलेको एक वाक्यले उनलाई बर्बाद गरिदियो।

उक्त भिडियोको एक ठाउँमा उनी सोध्छिन, “तिमी भिडियो बनाईरहेको छौँ, ब्रावो!”

यी शब्दबाट यही सन्देश गयो कि उनी खुल्ला दिमागी केटी हुन् , जसलाई यौन सम्पर्कको समयमा भिडियो शुट गर्न मनपर्छ।

भिडियो हेर्ने व्यक्तिहरुले सहजै सन्देश लिए कि फिल्म गर्ने सँग यति धेरै खुशी छिन् भने देख्दा पनि आपत्ति हुने छैन।

तर इटलीको मान्छेले केवल भिडियो हेर्ने काम मात्र गरेनन। उनको कमेन्टको साथ तस्वीर अंकित टि-शर्ट र वेबसाइट्सहरुमा विभिन्न खाले तस्वीरहरु देखा पर्न सुरु भयो।

सन्देश यो गयो कि यो सबै गरेर उनी धेरै खुशी थिईन।

सामाजिक टिप्पणीकार सेल्वाजिया लुकैरेल्ली भन्छन, “मानिसहरुले गलत सन्देश लिए कि उनी यस्तो एक खुल्ला विचार भएकी केटी हुन् , जसलाई यसरी भाइरल हुनुमा कुनै आपत्ति छैन। तपाई एक भिडियो शुट गर्न सक्नुहुन्छ। केही व्यक्तिहरुसँग शेयर पनि गर्न सक्नुहुन्छ। तर साथमा यो कुरा पनि सामेल छ कि तपाई यसलाई सार्वजनिक गर्नुहुन्न। “

कानुनी लडाई

यो सबै टिजियानाको लागि अत्यन्तै भयानक थियो।

तर उनले यसलाई सामना गर्ने निर्णय गरिन। तर त्यहाँ त्यस्तो कुनै तरिका थिएन कि भाइरल भईसकेको भिडियो हटाउन सकोस्।

उनले यो मामिलालाई अदालतमा लगिन। अदालतमा भनिन् कि बिना उनको इजाजत भिडियो सार्वजनिक साइट्सहरु अपलोड गरियो।

तर यो सबै हुदाँ-हुदैँ उनको जीवन सामान्य रहेन।

उनकी आमा मारिया टेरेसा गिग्लियोले बताइन् कि उनी बाहिर कम निस्कन थालिन्।

“उनले बुझिसकेकी थिईन कि यो मामिला कहिल्यै पनि सामान्य हुनेछैन। उनको हुनेवाला पति , उनको बच्चाले कुनै न कुनै समयमा सेक्स भिडियोको बारेमा थाहा पाउन सक्छन किनकी यो कहिल्यै हट्ने वाला छैन।”

कैयौँ हप्तासम्म मानसिक पीडा झेलिसकेपछि मारियाले आफ्नो छोरीको बारेमा पत्रकारलाई बताउन हिम्मत जुटाइन।

उनले बीबीसीलाई बताइन, “मेरी छोरी राम्री केटी थिई तर उनलाई सजिलै प्रभावित गर्न सक्थे। जन्मेको समयबाट नै उसले पिताको साथ पाईन। उनलाई उसले भेट्ने अवसर पाएन । यसको असर उनको पूरा जिन्दगीमा पर्यो।”

टिजियानाको आफ्नो आमासँग बस्थिन। उनी इटालियन गीतहरु सुन्थिन, उपन्यास पढ्थिन र पियानो बजाउथिन। तर अनलाइनमा सेक्स भिडियो शेयर भएपछि उनको व्यवहार पूर्ण रुपले परिवर्तन भएको थियो। उनी आफैँमा हराउन थालेकी थिईन।

उनकी आमा भन्छिन, ” उसको जिन्दगी तहस-नहस भयो। मान्छेले उसलाई मजाक बनाउन थाले। उसलाई भद्दा नामबाट बोलाउन थाले।”

सेप्टेम्बर महिनामा नेपल्सको एक अदालतले ती भाइरल भिडियोहरु वेबसाइटहरू र सर्च इञ्जिनबाट तुरुन्त हटाउन आदेश दिए। तर साथै अदालतले कानुनी खर्चको लागि लगभग २२ हजार अमेरिकी डलर तिर्न आदेश दिए।

यो सबै अत्ति भईसकेको थियो। सन् २०१६ सेप्टेम्बर १३ मा मारिया टेरेसा गिग्लियो स्थानीय टाउन हलमा काममा गएकी थिईन। छोरी घरमै थिई।

उनलाई एक फोन आयो। “मेरो आफन्तले फोन गर्यो र घर आउन भन्यो। जब म घर पुगे त्यहाँ पुलिस र एम्बुलेन्स देखे। मैले बुझे, उसलाई बचाउन कोसिस खोजिरहेको थियो। मेरो छिमेकीले मलाई कारबाट बाहिर निस्किन दिईरहेको थिएन। म लगभग बेहोस भएकी थिए। ऊ मलाई घर भित्र जान दिन चाहदैनथ्यो। मैले उसलाई अन्तिम पटक हेर्न समेत सकिन। जुन दिन उसको मृत्यु भयो , मेरो जिन्दगी पनि समाप्त भयो। “

आमाको सङ्घर्ष

टिजायानाको मृत्युले भिडियोमा मानिसहरूको चासो झन् बढाएको थियो।

उनको आमाले पनि उक्त भिडियो हेरिन। “म सत्य बुझ्नको लागि त्यो सबै हेर्न चाहन्थे। त्यो मेरी टिजायाना थिएन।”

उनलाई यही लाग्छ कि उनकी छोरीलाई नशालु औषधि दिएको थियो। उनलाई लाग्छ कि यो सबै एक अपराधिक षड्यन्त्र थियो।

उनी चाहन्छिन् कि उनकी छोरीको पूर्व प्रेमी डी पालोको सोधपुछ गरोस, भिडियो शेयर हुनुमा उनको कस्तो भूमिका थियो ।

” उनले मेरी छोरीको जीवन बचाउन मेरो मद्दत गरेनन। तर सम्भवतः उनले मलाई सत्य जान्न मद्दत गर्छन। “

सन् २०१६ नोभेम्बरमा डी पालोलाई हिरासतमा लिई १० घण्टासम्म सोधपुछ गरिएको थियो। अभियोजक जान्न चाहान्थे कि के टिजायानाको आत्महत्या गर्न उक्साउनमा कसैको भूमिका थियो ?

टिजियाना क्यान्टोनको आत्महत्याले इटलीमा पोर्नोग्राफी र गोपनीयताको बारेमा छलफल गर्ने तरिकामा परिवर्तन गर्यो। यो ती व्यक्तिहरुको लागि पनि पाठ थियो जसले अन्तरंग क्षणको भिडियो अनलाइन शेयर गर्छन।

टिजियानाको भिडियो अब मुख्य सर्च इञ्जिनहरूमा पाईदैन, तर यसको बाबजुद अझै पनि छ।

उनकी आमा मारिया इटली र युरोपेली संघका बाँकी देशहरुमा निजी सामग्रीहरुको अपलोडमा कडा कानुन बनोस्।

बीबीसी हिन्दीबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्