ग्रीनकार्डको लोभमा अमेरिकामा बच्चा जन्माउँदैछन नेपाली कलाकारहरु



एकताका नेपाली कलाकारहरुको लागि सपनाको शहर भने जस्तै थियो अमेरिका । अमेरिका जानेहरुको चुरीफुरी नै अर्कै हुन्थ्यो । पछि प्राय कलाकारहरु अमेरिका जाने आउने भएपछि खासै चर्चा त्यति हुदैन । तर अहिले पनि अमेरिका भासिने क्रम भंग भएको छैन ।

ग्रिन कार्ड कै लागि कतिपय कलाकारहरुले अमेरिका जानको लागि सहि र गलत दुबै बाटो तय गरिरहेका छन् । विशेषत विहे पछि अमेरिका भाग्ने नेपाली कलाकारहरुको लिस्ट लामै छ । नेपालमा विहे गरेर अमेरिका पुग्ने र उतै सन्तान जन्माउनेहरुको पनि कमी छैन ।

अमेरिका प्रस्थान गरेका महिलाहरुले अमेरिका पुगेर सन्तान जन्माउँदा त्यहाँका नागरिकता पाउने गर्छन् । सन्तानले पाएको नागरिकताको आधारमा परिवार पुरै अमेरिकामा सेटल हुन पाउने व्यवस्थाले गर्दा पनि नेपाली फिल्म क्षेत्रका नायिकाहरु नेपालमा गर्वभती भएर अमेरिका पुगेर बच्चा जन्माउने गरिरहेका छन् ।

पछिल्लो समय गायिका निशा सुनारले पनि नेपालमा सुटुक्क शंकर बिसीसँग बिहे गरेर अमेरिका पुगेकी थिईन् । अमेरिका पुगेको केही महिनामै उनले त्यहाँ सन्तान जन्माएकी थिईन् ।

अहिले उनी उतै सेटल भईसकेकी छिन् । उनी त उदाहरणकी पात्र मात्र हो । यस्तै धेरै नायिकाहरु यस अघि नै अमेरिका पुगेर यो विदेश भासिने अभियानमा सहभागी भईसकेकी छिन् ।

यता क्रिकेटर शरद भेषवाकरसँग विवाह बन्धनमा बाँधिएकी निशा अधिकारीले केही समय अघि मात्रै आफ्नो ईन्ष्टागाममा आफु गर्भवती भएको केही फोटोहरु सार्वजनिक गरेकी थिईन् । पुन उनले अहिले पनि केही फोटोहरु सार्वजनिक गरेकी छिन् ।

गर्भवती समयमा उनी अमेरिका पुगेर धेरै समय नेपाल नर्फकदा कतै उनी पनि विदेश भासिने अभियानमा सहभागी हुन लागेकी त हैनन् भन्ने प्रश्न खडा भएको छ ।

यदि यसो हो भने अब केही दिनमा निशाले आफ्नो सन्तानलाई अमेरिका जन्माउनेछिन् र त्यसपछि उनी उतै सेटल हुनेछिन् । केही समय पछिको धैर्यतापछि यसको वारेमा सबैलाई थाहा हुनेछ । (फिल्मी फण्डाबाट)

प्रतिक्रिया दिनुहोस्