रुसका युवती हिन्दू धर्मप्रति आस्थावान भई ‘भगवान् राम’को भजन कीर्तन गर्दै



नगढी– कैलाली जिल्लाको गोदावरी धाममा सोभियत रुसबाट आएका भनिएका तीनजना हिन्दू युवती भजन कीर्तनसहित भगवान् रामको साधनामा लागेका छन्।

रामनवमी पर्वको नवरात्र शुरु भएको अवसरमा आइतबारदेखि पहेँलो बस्त्रको पहिरनमा उनीहरु गोदावरी धाममा पुगेर साधनारत रहेका हुन्।

भारतको वनारस हुँदै गोदावरी धाम पुगेका ती युवती हरिद्वारको जुना अखडाबाट दीक्षित भएको बताइएको छ।

तीनमध्ये एकजना गाँजा भाङका अम्मली रहेको र उनीहरु गोदावरी धामको जंगलको बीचमा दैनिक तीन घण्टासम्म भजनकीर्तन गरेर बसेको पाइएको प्रत्यक्षदर्शी चित्रराज भट्टले बताए।

रुसका युवतीले हिन्दू धर्मप्रति आस्थावान भई धार्मिक गतिविधिमा सहभागी भएबाट स्थानीय बासिन्दामा कौतुहलता जगाइदिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्