गर्मीमा मोटोपन घटाउने ६ खाना



हामीले दिनहुँ प्रयोग गर्ने खाना उचित रूपमा प्रयोग गर्न सके स्वस्थ हुनुका साथै शरिरलाई आफूले चाहेको ढाँचामा समेत लैजान सकिन्छ । खानाले पनि मानिसमा मोटोपन बढाउने हुनाले पनि खाना खाँदा विषेश ध्यान दिनु जरूरी हुन्छ । आवश्कता भन्दा बढी मोटोपन शरिरका लागी बोझ तथा स्वास्थ्यका दृष्टिकोणले पनि हानिकारक हुन्छ । अझ गर्मीमा त खानाका विषयमा अझ बढी विचार गर्नु आवश्यक हुन्छ । खानाका विषयमा विचार नगर्दा गर्मी महिनामा निकै दुःख पाउनु पर्ने हुन्छ ।

गर्मी महिनाहरूमा खाना चाँडो बिग्रने तथा बढी गर्मीका कारण नपच्ने हुन्छ । खाना नपच्ने समस्याबाट धेरै मानिसले दुःख पाएका हुन्छन् । खाना खाँदा, खानु अघी र खाना पछी खाइने खानलाफ राम्रोसँग विचार गर्न सके शरिरलाई सन्तुलित राख्न सकिनुका साथै शरिरलाई समेत आफूले चाहे अनुसार ढाल्न सकिन्छ । अर्थात् गर्मी महिनामा हुने शरिरका समस्यालाई सहजै टाढा भगाउन सकिन्छ ।

यसरी गर्मी महिनामा के के खानेकुरा खाँडा शरिरलाई फाइदा हुन्छ भन्ने थाहा पाउन सके शरिरलाई फाइदा हुनुका साथै स्वास्थ्य समस्याका कारण अन्य काममा समेत बाधा जोगाउन सकिन्छ ।
गर्मी महिनामा त्यस्ता के के खानेकुरा खानु उपयुक्त हुन्छ, जानी राँखौ

आँप
गर्मी महिनामा करिब २-३ महिना सम्म उपलब्ध हुने आँप शरिरका लागी निकै उपयोगी खानेकुराको रूपमा लिइन्छ । आँपमा हुने फाइबरले शरिरमा आवश्यक क्यालोरीलाई बढ्न दिँदैन र शरिरलाई मोटोपनबाट बचाउन मद्धत गर्छ । आँपको प्रयोग खाना खानु २० मिनेट अघि खाने गरे यसले शरिरको क्यालोरीलाई काट्न मद्धत गर्छ र शरिरको क्यालोरीमा कमी ल्याउँछ ।

ब्रोकाउली
हामीले तरकारीका रूपमा प्रयोग गर्ने ब्रोकाउली पनि गर्मी तथा शरिरको मोटोपन कम गर्नका लागी निकै उपयोगी तरकारीमा पर्छ । यसमा निकै कम क्यालोरी हुने र भीटामिन सी को मात्रा पनि भरपुर हुने हुनाले यो तरकारी पनि मोटोपन घटाउन उपयोगी सिद्ध हुन्छ । यसले भिटामिन बी ६ र बी २, फोस्फोरस, म्याग्नेसियम, प्रोटिन र ओमेगा-३ को आवश्यक मात्रा पनि यसबाट पाइन्छ ।

बदाम
बदामले शरिरमा रहेको कोलस्टेरोल र ब्लड सुगरको मात्रालाई कम गर्न सहयोग गर्छ । बदामको प्रयोगले शरिरमा भएको कोलस्टेरोल र ब्लड सुगरको मात्रा कमी हुन्छ र शरिरको मोटोपन घटानउ मद्धत गर्छ ।

मरिच
मरिच पनि शरिरको मोटोपन घटाउने महत्वपूर्ण खाद्यान्न हो । यसमा क्यालोरी कमी गर्ने क्षमता हुन्छ र यसले चिल्लोपनलाई समेत कम ग्रन मद्धत गर्छ ।

गेडागुडी
गेडागुडीमा आईरन, भिटामिन, र फाइबरको मात्रा बढी हुन्छ । प्रत्येक फाइबर हुने खानाले शरिरको मोटोपनलाई घटानउ मद्धत गर्छ । यस्तै, भट्टमास लगायतका गेडागुडीले शरिरको मोडोपनलाई कम गर्न मद्धत गर्छ ।

ग्रिन टि
ग्रीन टिले पनि शरिरमा मेटाबोलिज्मको भूमिका खेल्छ यसले गर्दा शरिरको मोटोपन कम गर्न मद्धत पुग्छ ।

प्रतिक्रिया दिनुहोस्