ज्वानो खानुका फाइदाहरु



काठमाडौँ । ज्वानो हरेक नेपालीको भान्छामा पाइने एक मसला हो । यसको प्रयोग तरकारी आदिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी भएका महिलालाई खुवाउन र बिभिन्न रोगको औषधिको रुपमा प्रयोग गरेको पाईन्छ । आमा र बच्चा दुबैको स्वास्थ्यकोलागि यसको प्रयोग बढीलाभदायक मानिएको छ । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइनेगर्दछ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाकोदूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ ।

यसले पाचनशक्ति बढाउँछ, हानीकारक जीवाणु एवम् कृमिनाश गर्छ, वायु-विकार हटाउँछ । गर्मी, जाडो दुबै मौसममा अनुकुलरुपमा ज्वानोले फाइदा गर्छ । पेट दुखाइ कम गर्न, पेटका कृमिहरुनाश गर्न र पाठेघर सबल पार्न ज्वानोको प्रयोग फाइदा जनक छ । पेट दुखेमा ज्वानो पानी पकाएर थोरै नून मिसाई खान दिँदा पेट दुखेको कम हुन्छ ।

पेट फुलेमा भुटेको ज्वानो एक चम्चा र थोरै बिरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातोपानीसँग खानाले पेट फूल्ने ठिक हुन्छ । महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउनेगर्दा सुधार हुन्छ । ज्वानोको प्रयोग झोल बनाउँन, तरकारी एवम् भात, रोटी वा अन्य खानेकुरा आदिपनि गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्