आठ लाखमा खानेपानी ट्यांकी र पुस्तकालय



पोखरा, २५ फागुन

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ निवासी बमबहादुर घलेले आधारभूत विद्यालयमा रु आठ लाखको लागतमा पुस्तकालय स्थापनासहित खानेपानी ट्यांकी निर्माण गरिदिनुभएको छ ।

लायन्स क्लब अफ पोखरा ग्रिन टाउनको सक्रियतामा रु पाँच लाखमा पुस्तकालय स्थापना गरिएको हो भने रु तीन लाखको लागतमा खानेपानी ट्यांकी निर्माण गरिएको क्लबका अध्यक्ष लक्ष्मीदेवी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलायतमा रहनुभएका सूर्य गुरुङको रु छ लाख ६८ हजार आर्थिक सहयोग एवं नेपाल लायन्स फाउण्डेशनको रु ५० हजार र विद्यालयको रु एक लाख ४८ को लागतमा निर्माण निर्माण कार्य सम्पन्न गरिएको हो ।

सो अवसरमा रु ३० हजार मूल्य बराबरको शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्