होटेल पर्यटन व्यवसायीले ग्राहकलाई राम्रो सेवा प्रवाह गर्न आग्रह



त्रिशूली १८ फागुन

होटेल तथा पर्यटन व्यवसायी महासंघको प्रदेश नं  ३ स्तरीय प्रथम अधिवेशनले व्यवसायी महासंघ प्रदेश नं. ३ कार्यसमिति अध्यक्षमा नुवाकोटका सन्तोष उप्रेतीलाई सर्वसम्मत चयन गरेको  छ ।

समितिका वरिष्ठ उपाध्यक्षमा उमेश सुवेदी, प्रथम उपाध्यक्षमा दुर्गाप्रसाद गौतम, द्वितीय उपाध्यक्षमा देवराज नेपाल, महासचिवमा निकु सर्राफ, सचिवमा गणेश पौडेल, सहसचिवमा अजय त्रिपाठी र कोषाध्यक्षमा रमेश बराल तथा सदस्यमा श्यामकुमार श्रेष्ठ, विष्णुप्रसाद भण्डारी, नारायणमान श्रेष्ठ, नेत्रप्रसाद न्यौपाने, शिवप्रसाद शाही र दिनेश कार्की चयन हुनुभएको छ ।

अधिवेशनमा प्रदेश नं. ३ का १३ जिल्लाको सहभागिता थियो । हरेक जिल्लाबाट पाँच प्रतिनिधि सहभागी  भएको भेलाको आयोजक नुवाकोट होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष मधुसूदन थपलियाले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य तथा नेकपा(एमाले) नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले होटेल तथा पर्यटन व्यवसायीलाई ग्राहकको अधिकारलाई मनन गरी सेवा प्रवाह गर्न आग्रह गर्नु भयो । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले देशमा सबै स्थानीय तहमा स्तरीय होटेल  सञ्चालन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्